बिआरआईले नेपाललाई विश्वव्यापी मूल्य श्रृंखलामा पहुँच पु¥याउन सघाउछ- डा. भट्टराई



काठमाडौं– पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले बिआरआईले यस क्षेत्रको नविनता, उत्पादकत्व र प्रगतिका लागि महत्वपूर्ण हुने बताए ।

बीआरआई परियोजनाले दुई देशबीच वित्तीय एकीकरण र नीति समन्वयका लागि काम गर्ने विश्वास समेत व्यक्त गरे । त्यस्तै बिआरआईले नेपाललाई विश्वव्यापी मूल्य श्रृंखलामा पहुँच पु¥याउन सघाउ पुग्ने समेत पूर्वप्रधानमन्त्री भट्टराईले बताए ।

बिआरआईका ९ वटा आयोजना अन्तर्गत ट्रान्स–हिमालयन कनेक्टिभिटिले नेपाली नागरिकलाई सबैभन्दा बढी आकर्षित गरेको समेत उनले बताए । यसले नेपालको भूराजनीतिक परिवर्तनमा महत्वपूर्ण हुनेपनि उनले बताए।

प्रतिक्रिया दिनुहोस्