विवेकशील-साझाबीचको एकीकरण अन्तिम चरणमा



काठमाडौं : विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण हुने भएको छ । दुवै दलले मंगलबार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरेर पार्टी एकीकरण हुन लागेको जनाएका छन् ।

दुवै दलले गठन गरेका संवाद समितिले पेश गरेको दुई दलबिचको एकीकरणका लागि भएको वार्ताका निष्कर्षहरू मंगलवार साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेले आआफ्नो पार्टीको संघिय र केन्द्रीय समितिमा उक्त प्रतिवेदन प्रस्तुत गरेका छन्।

वार्ता समितिले असोज २९ गते साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेलाई ‘संयुक्त प्रतिवेदन’ बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्