च्याम्पियन्स लिगको नयाँ सिजन सुरु : कुन कुन टिमले प्रतिस्पर्धा गर्दै ?



काठमाडौं : युइएफए च्याम्पियन्स लिगको नयाँ सिजनको खेल आज (मंगलबार) रातिदेखि सुरु हुँदैछ । नयाँ सिजनको पहिलो दिन समूह चरणको विभिन्न ८ खेलमा प्रतिस्पर्धा हुनेछ ।

सेन्ट पिटर्सबर्ग र क्लब बर्ग साथै डायनामो किभ र युभेन्टसबीचको खेल राति १०ः४० मा हुनेछ। अरु छ खेल राति पौने १ बजे छन्।

जसमा लाइपजिग र इस्तानबुल बासाकेसिर, रेनेस र क्रास्नोडर, लाजियो र डोर्टमुन्ड, चेल्सी र सेभिया, पिएसजी र म्यानचेस्टर युनाइटेड साथै बार्सिलोना र फेरेन्सबारोसी खेल्दैछन्।

आज हुने खेल :

समूह ‘ई’ : चेल्सीविरुद्ध सेभिया (राति १२ः४५ बजे), रेनेसविरुद्ध क्रास्नोडर (राति १२ः४५ बजे)

समूह ‘एफ’ : जेनिथविरुद्ध क्लब ब्रुग (राति १०ः४० बजे), लाजियोविरुद्ध बोरुसिया डर्टमुन्ड (राति १२ः४५ बजे)

समूह ‘जी’ : डेनामो किएभविरुद्ध युभेन्ट्स (राति १०ः४० बजे), बार्सिलोनाविरुद्ध फेरेन्कभारोस (राति १२ः४५ बजे)

समूह ‘एच’ : पीएसजीविरुद्ध म्यानचेस्टर युनाइटेड (राति १२ः४५ बजे), आरबी लाइप्जिगविरुद्ध इस्तानबुल बसाकसेहिर (राति १२ः४५ बजे)

प्रतिक्रिया दिनुहोस्