प्रदेश २ : संक्रमितको संख्या १५ हजार नाघ्यो, १३ हजार डिस्चार्ज



जनकपुरधाम : प्रदेश २ मा थप ७९ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या १५ हजार १७ पुगेको छ ।

बर्दिबास प्रयोगशाला महोत्तरी, गौर अस्पताल रौतहट, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा सप्तरीमा १८, पर्सामा १८, धनुषामा १३, सिरहामा ११, बारामा ६, महोत्तरीमा ४, सर्लाहीमा ४, रौतहटमा ४ र अन्य प्रदेशका १ जना गरि जम्मा ७९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निमित्त प्रमुख विजय झाले जानकारी दिए ।

त्यस्तै यस प्रदेशमा आज थप ३१ जना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् । यस सँगै निको हुनेको संख्या १३ हजार ७ पुगेको छ । आज सप्तरीमा १९, पर्सामा ८, बारामा २ र सिरहा तथा महोत्तरीमा १÷१ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

त्यस्तै कोरोना संक्रमणबाट यस प्रदेशमा आज थप एकको मृत्यु भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ ले जनाएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ६२ पुगेको छ । कोरोनाबाट सबैभन्दा बढी पर्सामा ४७, सप्तरीमा २३, बारा, धनुषा, १८÷१८, महोत्तरीमा १७, सिरहामा १६, सर्लाहीमा १३, रौतहटमा ९ र १ जना भारतीय नागरिकको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्