असई र जवानको हत्याका ७ आरोपी सार्वजनिक



कैलाली– कैलालीमा नेपाल प्रहरीका असई गोविन्द विक र जवान रामबहादुर साउँदको हत्यामा संग्लन आरोपमा पक्राउ परेका सात जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमार्फत उनीहरुलाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको हो ।

प्रहरीले सार्वजनिक गरेकाहरुमा धनगढी उप–महानगरपालिका १० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना, सोही स्थानका २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भन्ने राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र २५ वर्षीय गोपाल भन्ने रामगोपाल राना छन् ।

शनिबार साँझ गस्तीमा निस्किएका कैलालीको धनगढी उपमहानगरपालिका १२ को अस्थायी प्रहरी बिट जुगेडाका इन्चार्ज (असई) गोविन्द विक र प्रहरी जवान रामबहादुर साउँद मृत फेला परेका थिए ।

प्रतिक्रिया दिनुहोस्