सप्तरीमा टेम्पोभित्रै चालक मृत फेला



सप्तरी : सप्तरीको सप्तकोशी नगरपालिकामा एक जना टेम्पो चालक टेम्पोभित्रै मृत अवस्थामा फेला परेका छन्। सप्तकोसी नगरपालिका २ सिद्धीपुर निवासी सुन्दर भनिने दुर्गाबहादुर बस्नेत शुक्रबार दिउँसो आफ्नै टेम्पोभित्र मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

स१ह १२५७ नम्बरको आफ्नै टेम्पोभित्र उनी मृत अवस्थामामा फेला परेको प्रहरी चौकी फत्तेपुरका असई चुडामणि खतिवडाले जानकारी दिए। मृतकको मुखबार्ट याल निस्केकाले विष खाएर गरेर आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ। उनको शवलाई परीक्षणका लागि सगरमाथामा अञ्चल अस्पताल राजविराज लगिएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्