प्रादेशिक अस्पताल जनकपुरमा कोरोना संक्रमित एक महिलाको मृत्यु



जनकपुरधाम : कोरोना संक्रमणबाट महोत्तरीमा थप एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको भङ्गहा नगरपालिका वडा नम्बर–५ घर भई हाल प्रादेशिक अस्पताल जनकपुरमा उपचाररत रहेकी ६० वर्षीया महिला रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संक्रमित महिलाको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा आज ९मंगलबार० मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त प्रमुख विजय झाले जानकारी दिए ।

ज्वरोसँगै श्वासप्रश्वासमा समस्या देखिएपछि सो महिलालाई कात्तिक २ गते आईतबार अस्पताल भर्ना गरिएको र सोही दिन स्वाब संकलन गरि परिक्षण गर्दा एक दिन पश्चात उनको रिपोर्ट पोजेटिभ आएको थियो । संक्रमित ति महिलाको आज मृत्यु भएको छ ।

योसँगै महोत्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्