कोभ्रेको बनेपा कोरोनाको हटस्पट बन्दै



काभ्रे : काभे्रपलाञ्चोकको कोरोना सङक्रमणमध्ये ३९ प्रतिशत बनेपा नगरका छन् । जिल्लामा हालसम्म एक हजार दुई सय ८४ मा कोरोना भाइरस् सङ्क्रमण देखिएकामध्ये बनेपाका ३९ प्रतिशत अर्थात् पाँच सयमा देखिएको हो ।

हालसम्म बनेपाका २९२ पुरुष र २०८ महिलामा सङक्रमण भएको नगरपालिकाको तथ्याङ्कले देखाएको छ । यसमध्ये १७६ पुरुष र १०६ महिला सङ्क्रमणमुक्त भएका छन् । नगरका अनुसार सङ्क्रमितमध्ये चारको मृत्यु भएको छ । हाल नगरमा २१४ सक्रिय सङ्क्रमित छन् । नगरका दुई हजार ३९ को पिसिआर परीक्षणमा पाँच सयमा कोरोना सङ्क्रमण देखिएको हो ।

बनेपाका नगरप्रमुख लक्ष्मी नरसिं वादे, प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती र ११ वडाका अध्यक्ष शिवकुमार थापालगायत पाँच कर्मचारीसमेतलाई हाल कोरोना सङ्क्रमण भएको छ । यसकारण, नगर कार्यालयमा आइतबारदेखि अत्यावश्यकबाहेकको सेवा बन्द रहेको जनाइएको छ । नगर कार्यालय अवस्थित बनेपा सहर काभ्रेपलाञ्चोकको प्रमुख व्यापारिक केन्द्र हो ।

यसैबीच, सातादेखि काभ्रेपलाञ्चोकमा सङ्क्रमितको संख्या दैनिक ४० को हाराहारिमा पुगेको छ । जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टका अनुसार सोमबार ४१ सङ्क्रमित थपिएसँगै जिल्लामा ४८६ महिला र ७९८ पुरुष सङ्क्रमित भएका हुन् ।

कुल सक्रिय सङ्क्रमितमध्ये सोमबारसम्म धुलिखेलमा ३१ प्रतिशत अर्थात् १७३ छन् । पनौतीमा ६८, पाँचखालमा ३५, नमोबुद्धमा ३७, मण्डनदेउपुरमा ३४, रोशीमा १२ सङ्क्रमित रहेका छन् । भुम्लु र बेथानचोक गाउँपालिकाको एक÷एकजनामा सङ्क्रमण देखिएको छ ।

यसैबीच, काभ्रेपलाञ्चोकको १३ मध्ये चार गाउँपालिका कोरोनामुक्त छन् । महाभारत, तेमाल, खानीखोला र चौंरीदेउराली गाउँपालिका कोरोनामुक्त भएका हुन् ।

काभ्रेपलाञ्चोकमा हालसम्म आठ पुरुष र छ महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । संक्रमितमध्ये २४९ महिला तथा ४५३ पुरुषमा सङ्क्रमण निको भैसकेको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालयप्रमुख डा. नरेन्द्र झाले जानकारी दिए ।

पोष्टका अनुसार कूल सङ्क्रमितमध्ये ६३ प्रतिशत पुरुष हुन् । हाल सक्रीय सङ्क्रमितमध्ये १५३ अस्पताल र ४१६ होम आइसोलेशनमा उपचाररत छन् । नेपालमा कोरोना भाइरस्बाट पहिलोपटक काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालमा उपचाररत सिन्धुपाल्चोकको २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७९ महिला र ४४३ पुरुष गरी ८२२ जना

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले कानून बनाउने सन्दर्भमा दलहरुमा प्रशिक्षणको कमी भएको बताएका छन् । जनमुखी

दाङ : हिजो (बिहीबार)सम्म दाङमा २८ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । २१ हजार

काठमाडौं : भारतका विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले नेपाल र भारत सँगै काम गर्न आवश्यक रहेको

गुल्मी : इस्मा गाउँपालिकामा आज बिहान जीप दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ ।सदरमुकाम

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको

काठमाडौं : १६ दिने अभियानका क्रममा गल्र्स किक र ग्लोबल एक्सन नेपालको आयोजनामा साइकल र्‍याली

काठमाडौं : यो संसारमा हरेक मानिस केही न केही सिप र कला लिएर जन्मेका हुन्छन्

काठमाडौं :सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका सञ्चारविज्ञमा पत्रकार राजेन्द्र मानन्धर नियुक्त भएका छन् ।

दमौली : म्याग्दीबाट भैरहवा जाँदै गरेको लु २ ख ८८३ नम्बरको यात्रुवाहक बस आँबुखैरेनी मिलनचोकमा

काठमाडौं : ट्रान्सपरेन्सी इन्टरनेसनलले गरेको एक सर्वेक्षणमा एसियाका १७ देशमध्ये नेपालमा भ्रष्टाचार वृद्धिको अवस्था चिन्ताजनक

काठमाडौं : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका पूर्व उपकुलपति एवं भौतिकशास्त्री केदारलाल श्रेष्ठको