ई-पासपोर्ट छपाईको जिम्मा फ्रान्सेली कम्पनीलाई



काठमाडौं : राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाइको जिम्मेवारी फ्रान्सको आईडीईएमआईए आइडिन्टीटी एण्ड सेक्युरिटीलाई दिने भएको छ ।

विभागले लेटर अफ इन्टेन्ट जारी गर्दै २० लाख थान इ–पासपोर्ट छपाईको जिम्मा तेस्रो पटक गरेको टेन्डरमा सबैभन्दा कम रकममा काम गर्ने भन्दै कबुल गरेको फ्रान्सेली कम्पनी एसएएसलाईलाई दिने जनाएको छ।

विभागले छुटसहित २ करोड ११ लाख डरलरमा २० लाख थान इ(पासपोर्ट छपाईका लागि एसएएससँग सम्झौता गर्न लागेको हो।

विभागले छनोट भएको कम्पनीसँग १३ महिनामा २० लाख ई–पासपोर्ट र जडानमा काम गर्ने गरी सम्झौता गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्