कोरोना कहरबीच दशैँको चहलपहल, यस्तो देखिए फुटपाथदेखि बजार (फोटोफिचर)



काठमाडौं– हिंन्दु नेपालीहरुको महान चाड बडादशैँको आज बिहिबार छैठौं दिन हो ।

घटनास्थापनादेखि नै दशैँ शुरु हुने भएकाले दशैँमा राम्रो लगाउन र मिठो खाने प्रचलन धेरै अगाडी देखिनै चलिआएको हो । तर यस वर्षको दशैँ भने सधैको दशैँ जस्तो छैन । कोरोना संक्रमणको जोखिम बढिरहेकाले मानिसहरूमा खासै उल्लास, उमंग, जोश अनि जागर छैन । केहीको दशैँ त यो वर्ष अस्पताल, क्वारेन्टाइन र आइशोलेसनमा पनि वित्न सक्छ ।

दशैँका लागि किनमेल गर्न आउने उपभोक्ताहरुको राजधानीका मुख्य बजारहरुमा पनि पहिलाको जस्तो भिड छैन । धेरैको संख्यामा मानिसहरू देख्न सकिने भएपनि अघिल्लो बर्षको तुलनामा यसवर्ष देखिएको भिड भने कम हो ।

काठमाडौंको न्युरोड, असन, इन्द्रचोक लगायतका स्थानमा दशैँकोलागि किनमेल गर्नेहरुको केही संख्यामा मात्रै छन् ।

खासगरी बालबच्चालाई दशैँमा नयाँ कपडा लगाइ दिने रहर सम्पन्नदेखि विपन्न परिवारलाई पनि हुने गर्दछ । सम्पन्न वर्गका व्यक्तिहरु ठूलाठूला डिपार्टमेन्टल स्टोर्समा गएर महंगा कपडा तथा गरगहना किन्ने गरेका छन् भने थोरै आम्दानी भएका व्यक्तिहरु साना व्यापारिक स्टोर्स तथा फुटपाथमा गएर भएपनि दशैंका लागि जोहो गर्ने गरेको पाइन्छ ।

व्यापारीहरूको पनि बर्षभरीको कमाई हुने समय भनेकै दशैँ तिहार जस्ता महान् चाडमा नै हो । यो समयमा अन्य समयमा भन्दा दोब्बर तेब्बर व्यापार हुने गरेको पाइन्छ । व्यापारीक पसल तथा मलले ग्राहकहरूलाई आकर्षित गर्नका लागि दशैलाई लक्षित गरेर विभिन्न अफरको योजना सार्वजनिक पनि गर्ने गरेका छन् । तर यस वर्ष भने कोरोनाका कारण खासै व्यापार हुन नसकेको व्यापारीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्