कोरोना संक्रमणबाट थप २६ को मृत्यु, संख्या ७ सय ९१



काठमाडौं– पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट नेपालमा २६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाको मृत्यु भएको जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ९१ पुगेको छ।

मंगलबार कोरोना भाइरसको संक्रमणबाट आठजनाको मृत्यु भएको थियो । सोमबार कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको थियो । आइतबार कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्