२०७६ सालकाे वर्षभरिकाे राशिफल हेर्नुस्



मेष राशि  

मेष राशी हुने हरुका लागि तपाइको ग्रह गोचर हेर्दा जेठ ८ गतेसम्म देवागुरु वृहस्पति धनु राशिमा रहने भएकाले उक्त समयमा आँटेको र ताकेको कार्यबाट सफलता मिल्नेछ । समाज एवं राज्यबाट मान सम्मान पाईनेछ । जेठ ८ गतेबाट कार्तिक १३ गते सम्म देवागुरु वृहस्पति आठौ भावमा रहने भएकाले गरेको कार्यमा बाधा आउनेछ साथै सन्तान सुखबाट बन्चित रहनु पर्ला । सरकारी निकायको भयपनि रहला । कार्तिक १३ बाट पुन: समय राम्रो रहनेछ । व्यापार/व्यवसाय यो वर्षमा विमा एवं वित्तिय संस्थामा गरेको लगानी लाभदायी हुनेछ । सेयर बजारमा लगानी गर्नेहरुका लागि मध्यम नै रहनेछ । तरल एवं जल तत्वमा गरेको लगानीबाट सफलता हात पर्नेछ । आर्थिक दृष्टिले असार असोज, माघ र फाल्गुन महिनामा अधिक लाभ मिल्नेछ भने साउन र कार्तिक महिनामा खर्चमा वृद्धि हुनेछ । प्रेम/सम्बन्ध आफूले मनपराएको व्यक्तिलाई घर परिवारले मन नपराउन सक्छन् । प्रेम प्रसंगमा सोच विचार गरेर मात्रै निर्णय लिनु उचित हुनेछ । कसैको प्रलोभनमा नपरेकै राम्रो हुनेछ । शिक्षा अध्ययन तथा अध्यापनको शिलशिलामा बिदेश तथा स्थानान्तरणको योग छ । विद्यार्थीरुले विद्या तथा बौद्धिक कार्यमा मनग्य प्रगति हाँसिल गर्नेछन् । विज्ञान तथा इन्जिनियरिङ्ग क्षेत्रका जिज्ञाशु हरूले विशेष सफलता पाउनेछन् । पेसा/रोजगार पेसा वा रोजगारमा श्रमको उचित मूल्यांकन हुनेछ । नयाँ ठाउँमा लगानीको अवसर जुट्नेछ । वित्तिय संस्थामा लगानी गरेको राम्रो हुनेछ । जागिरमा प्रमोसनको सम्भावना छ तर शत्रु पछि पर्नाले सरकारी निकायको भयभने रहिरहनेछ । स्वास्थ्य स्वास्थ्या सामान्य समस्या देखिने हुदा अनावश्यक उपचार खर्च बढ्नेछ । रक्त संचारको समस्या बढ्न सक्छ । चोट पटकको भय रहेकाले गणेशजीको स्मरण गरि यात्रा गर्नाले राम्रो हुनेछ । शुभ रङ्ग रातो, सेतो, हरियाे र पहेंलो शुभ रङ्ग हो । शुभ अङ्क १, २, ४, ७ र ९ शुभ अङ्क हो । दर्शन/पूजा/उपाय मंगलवार गणेशजीको आरधना,दर्शन एवं स्मरण गर्नाले भाग्यमा वृद्धि हुनेछ । असहायलाई र निमुखा प्राणीलाई सहयोग गर्नाले एवं सत्य बोल्नाले अधिक सफलता मिल्नेछ । 

वृष राशि

वृष राशि भएका व्याक्तिहरुका लागि २०७६ सालको पूवार्ध राम्रो रहनेछ फाल्गुन ४ गतेसम्म शनि अनुकुल स्थानमा रहनाले भौतिक सुखमा बढोत्तरी हुनेछ । वैदेशिक यात्राबाट पनि सफलता मिल्नेछ । फाल्गुन ४ गतेबाट शनिको अढैया रहेको कारण अनावस्यक झुटा आरोप एवं अनावस्यक झमेलामा परिनेछ तर देव गुरु बृहस्पतिले तपाईलाई सत् बुद्धि र उच्च पद प्रतिष्ठा तथा भाग्यमा वृद्धि गराउनेछ । व्यापार/व्यवसाय व्यापार वा व्यावसायीक दृष्टिले एस वर्ष मिश्रित फल मिल्नेछ । कृषि क्षेत्रको व्यावसायबाट मनग्य धनार्जनगर्न सकिनेछ । घरजग्गाबाट मनग्य आम्दानी गर्न सकिनेछ । विज्ञान प्रविधीको सहयोगले व्यवसाय फस्टाउनेछ । आर्थिक दृष्टिले नयाँ ठाउँमा लगानी गर्दा विचार पुर्याएर लगानी गर्नु पर्नेछ । शेयर बजारमा लगानी डुब्ने भय छ । व्यवशायीक दृष्टिले भाद्र र मंसिर महिनामा खर्च बढ्नेछ र श्रावण, कार्तिक र चैत्र महिना शुभ रहनेछ । प्रेम/सम्बन्ध लामो समयदेखि प्रेम सम्बन्धमा अल्झेकाहरूले वैवाहिक जीवन प्रारम्भ गर्नेछन् । मित्रसँगको उल्झन सुल्झनेछ । घर परिवारमा हुने शुभ तथा मांगलिक कार्यले विग्रिएको पारिवारिक सम्बन्धलाई मजबुत बनाउनेछ । वर्षको अन्त्यमा भने विदेश गएका आफन्तहरूसंगको सम्बन्ध भने बिग्रिन सक्छ । प्रेमी/प्रेमिकाका घर परिवारबाट केहि अफ्ठ्यारा परिस्थितीहरुपनि सिर्जना हुनसक्छ । शिक्षा योवर्ष विद्यार्थीहरूका लागि मध्यमनै रहनेछ । विज्ञान विषय तथा राजनीतिक क्षेत्रका शिक्षार्थीहरूलाई विशेष सफलता मिल्नेछ । पढाइकै शिलशिलामा घुमफिर तथा देश विदेशको यात्रा हुनेछ । असार र चैत्र महिनामा अधिक सफलता मिल्नेछ । पेसा/रोजगार जागिरबाट त्यति सफलता प्राप्त गर्न सकिने छैन । वैदेशिक राेजगार भने राम्रो हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रका प्रगति हुनेछ भने प्रतिश्पर्धामा प्रतिस्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । न्यायिक निर्णहरु तपाईको पक्षमा नहुन सक्छन् । स्वास्थ्य चोटपटकको भय तथा पेटको समस्या रहनेछ । रक्तसञ्चारको समस्या बढ्नेछ । परिवारको स्वाथ्यमा धन खर्च हुनेछ । शुभ रंग सेतो, हरियो, र सुन्तला शुभ रङ्ग हो । शुभ अङ्क २, ४, ५, ६ र ८ शुभ अङ्क हो । दर्शन/पूजा/उपाय प्रत्येक सोमवार दान-पुण्य गर्नाले मानशिक शान्ति मिल्नेछ । मंगलवार गणेशजी, शनिवार भैरवजी र सोमवार शिवजीको दर्शन गर्नाले राम्रो हुनेछ । प्रात: सूर्यलाई अर्घ दिई शिवजीलाई जल चढाउनाले ग्रहबाधा कम हुनेछ । प्रत्येकदिन गाईलाई रोटी र परेवालाई चारो दिनाले भाग्यमा वृद्धि हुनेछ ।

मिथुन राशि 

मिथुन राशी हुने हरुका लागि यो वर्ष अधिकांश समय बृहस्पति र शनि सातौ भावमा रहनाले घर परिवारमा मंगल कार्यको योग बन्नेछ । वर्षको मध्यमाभने केहि उलझन एवं समस्याको सामना गर्नु पर्नेछ । लामो दुरीका लाभदायक यात्राहरू हुनेछन् । नयाँ काम एवं रोजगारको अवसर आउनेछ । फाल्गुन ४ गतेबाटभने शनिको अढैया रहेको कारण जन्म कुण्डलिमा यदि शनि कमजोर भए अनावस्यक एवं विविध समस्या आईपर्ने, अन्तिम समयमा काम बिग्रिने, झुटा आरोप लाग्ने तथा गरेको कार्यमा ढिलासुस्ती हुने र चोट पटकको भए रहनेछ । व्यापार/व्यवसाय व्यावसायीक दृष्टिले एस वर्ष मिश्रित फल मिल्नेछ । नयाँ व्यावसायमा लगानि गर्नु पूर्व अग्रजजनाको सल्लाह एवं सुझावलाई प्राथमिकता दिनुहोला । विशेषगरि धातु तथा होटल व्यवसाय गर्नेहरुका लागि यो बर्ष निकै फाइदाजनक हुने देखिन्छ । घर जग्गाको लगानीबाट नोक्सान हुन साक्छ । फाल्गुन १९ गतेबाट व्यापारमा अपेक्षाकृत लाभ नहुने र आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ । आर्थिक दृष्टिले वैशाख, भदौ, र चैत्र फाल्गुन महिना राम्रो छभने असार र पुष महिनामा अधिक खर्च हुनेछ । प्रेम/सम्बन्ध प्रेममय दाम्पत्य सुखले मन प्रफुल्लित हुनेछ । प्रेम र मित्रताको बन्धन गाढा हुँदै जानेछ । तर आश्विन देखि मंसिर सम्म जीवन साथी संग तथा वन्धु वान्धवसंगको सम्बन्ध भने नचाहाँदा नचाहाँदै विग्रने अवस्था आउँनेछ अत: वाणीमा लगाम लगाउन आवस्यक देखिन्छ । शिक्षा मिथुन राशीका विद्यार्थीहरूलाई अध्यन अध्यापनको क्षेत्रमा पूर्वार्ध भन्दा उत्तरार्धमा सफलता मिल्नेछ । व्यवस्थापन तथा हेल्थ विषयका विद्यार्थीहरूलाई अधिक सफलता मिल्नेछ । विदेश गएका विद्यार्थीहरूलाई भने पढाईमा केहि कम नम्बर आउनेछ । पेसा/रोजगार सरकारी कर्मचारीहरुको लागि यो वर्ष निकै राम्रो हुनेछ । मनोरञ्जन र कुटनितिको क्षेत्रमा काम गर्नेहरुले राज्यबाट मान-सम्मान मिल्नेछ । प्राइभेट जागिरे हरुको लागिपनि सरुवा र बढुवाको योग रहेकोछ । न्यायिक निर्णहरु तपाईको पक्षमा नहुन सक्छन् । स्वास्थ्य स्वास्थ्या सामान्य समस्या देखिने हुँदा उपचार खर्च बढ्नेछ । मधुमेह बढ्ने अधिक सम्भावना भएकाले सजक रहनु होला । नाक, कान तथा आँखामापनि समस्या आउन सक्नेछ । शुभ रङ्ग हरियो, रातो, पहेंलो, र सेतो शुभ रङ्ग हो । शुभ अङ्क १, २, ५ र ६ शुभ अङ्क हो । दर्शन/पूजा/उपाय प्रत्येक दिन आफ्नो इष्टदेवको दर्शन‚ पूजा, आराधना, एवं हनुमानजीको दर्शन गर्नाले ग्रहपीडा कम हुनेछ । प्रत्येक बुधवारको दिन निमुखा प्राणीहरूलाई आहार दिनाले कार्यमा सफलता मिल्नुका साथै भाग्यमा वृद्धि हुनेछ।

कर्कट राशि 

कर्कट राशि हुनेहरुकालागी यो वर्ष सर्वोत्कृष्ट रहनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । बृहस्पति र शनि ग्रहको शुभ दृष्टिले शुभ फल मिल्नुका साथै सन्तान सुखपनि मिल्नेछ । आँटेको र ताकेको काम पूरा हुनेछ । धार्मिक क्षेत्र मा रुचि बढ्नेछ भने मांगलिक कार्य सम्पन्न हुनेछन् । राज्य तथा सामाजिक कार्यमा सफलता मिल्नेछ । व्यापार/व्यवसाय यो वर्ष वर्षको पूर्वार्धमा शेयर बजारले सफलता दिलाउनेछ भने उत्तरार्धमा बैंकिंङ कारोबारबाट अधिक फाइदा हुनेछ । फेन्सी तथा सजावटिका व्यवासायीलाई मनग्य फाइदा हुनेछ । अचल सम्पति जोड्ने समय रहेकोछ । स्वास्थ्यमा लगानी गर्नेहरुले सजग रहनुहोला । असार महिनामा केहि धनमाल हराउने योग छ । आर्थिक दृष्टिकोणले जेठ, असोज र पौष महिना शुभ रहेका छन् । प्रेम/सम्बन्ध लामो समयदेखि प्रेम सम्बन्धमा अल्झेकाहरूले वैवाहिक जीवन प्रारम्भ गर्नेछन् । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । कसै कसैकालागि नयाँ व्यक्ति संग प्रेम भाव बढ्नेछ । शिक्षा शैक्षिक क्षेत्रबाट पूर्ण सफलता मिल्नेछ । विदेशिएका विद्यार्थीहरूले अधिक सफलता हाँसिल गर्नेछन् । टेक्निकल क्षेत्रमा उच्च सफलता पाईनेछ । पुराना ब्याक लागेका विषय कट्नेछ। गणित विषयभने कमजोर नै रहनेछ । पेसा/रोजगार यो वर्षमा नयाँ रोजगारको अवसर मिल्नेछ । निजामती कर्मचारी हरुको सरुवा तथा बढुवा हुने योग छ । मेडिकल पेसामा आवद्ध जातकहररूलाई अधिक सफलता मिल्नेछ । नयाँ ठाउँमा लगानीको वातावारण मिल्नेछ । अध्ययन वा रोजगारकालागि विदेश जानेहरुका लागि राम्रो छ । स्वास्थ्य यो वर्ष स्वास्थ्य स्थिति सामान्य रहेपनि वायुविकार तथा नसाको समस्या बढ्नसक्छ । पारिवारिक स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । शुभ रङ्ग सेतो, निलो, र घ्यूरङ्ग शुभ रङ्ग हो । शुभ अङ्क १, २, ६ ७ र ९ शुभ अङ्क हो । दर्शन/पूजा/उपाय यदि तपाईं आफ्नो भाग्यलाई अझै वृद्धि गराउन चाहनु हुन्छ भने शिवजीको दर्शन, पूजा एवं आराधना गर्नुहोला । सोमवार शिवालयमा विशेष पूजा गर्नुहोला र सोमवारकै दिन शाकाहारी रहनु भयो भने राम्रो हुनेछ । बुधवार परेवालाई चारो र असहायलाई सहयोग गर्नाले भाग्यमा वृद्धि हुनेछ ।

सिंह राशि 

सिंह राशी हुनेहरुकालागी २०७६ साल सामान्य रहनेछ। भाग्य स्थानमा रहेको वृहस्पतिलाई शनि र केतुले बाधा ल्याउनेछन् । धेरै मिहिनेत गरेर थोरै मात्र प्रतिफल मिल्नेछ। देश विदेश तथा धार्मिक यात्राहरू हुनेछन् । जेठ ९ गतेबाट कर्तिक १३ सम्म केन्द्र भवन रहने वृहस्पतिले पारिवारिक सम्बधमा सुधार ल्याउनेछ र भौतिक जेथो जोडिनेछ । अरु ग्रह गोचरको प्रभाव भने सामान्य रहनेछ । व्यापार/व्यवसाय सिंह राशिकोलागि यो बर्ष आर्थिक दृष्टिले जेठ सम्म आर्थिक सामस्या बढ्नेछ तत्पश्चात सामान्य हुँदै जानेछ । विद्युतीय उपकरण तथा मेसिनरीका क्षेत्रमा गरेको लगानीबाट अधिक सफलता मिल्नेछ । खाद्यान्नमा गरेको लगानीबाट दिर्घकालिन प्रतिफल मिल्नेछ । शैक्षिक क्षेत्रबाटपनि राम्रै प्रतिफल पाईनेछ । आर्थिक दृष्टिले कार्तिक र माघ शुभ रहनेछ । प्रेम/सम्बन्ध प्रेम सम्बन्धमा प्रेमी/प्रेमिकाका घर परिवारबाट केहि अफ्ठ्यारा परिस्थितीहरु सिर्जना हुनेछ । पति-पत्नीबीच राय बाजिनेछ । आफन्त तथा घर-परिवार बाट टाढिनु पर्नेछ । शिक्षा यो वर्ष शैक्षिक क्षेत्र सामान्य रहनेछ । स्कुल तथा कलेजका विद्यार्थीहरूलाई सोचेभन्दा कम अङ्क मिल्नेछ । जेठ र चैत्र महिनामा विद्या र बुद्धिमा ह्रास आउनेछ । साहित्य तथा शोधका विद्यार्थीहरूलाई विशेष सफलता मिल्नेछ । पेसा/रोजगार वित्तिय संस्थामा आवद्ध व्यक्तिहरुलाई निकै राम्रो हुनेछ । नयाँ व्यापार वा रोजगारको अवसर मिल्नेछ । यो बर्ष सरुवा एवं बढुवाको योगपनि रहेकोछ । वैदेशिक रोजगारमा जान चाहने हरुकोलागि बाटो खुला छ । स्वास्थ्य शीर्षपीडा बढ्नेछ साथै उदर रोगबढ्ने भएकाले आफ्नो खानपानमा बिशेष ख्याल गर्नुहोला । हड्डी तथा आँखाको समस्यापनि बढ्नेछ । औषध उपचारमा खर्च बढ्नेछ । शुभ रङ्ग रातो, गुलाबी, पहेंलो र हरियो शुभ रङ्ग हो । शुभ अङ्क १, ३, ५, र ९ शुभ अङ्क हो । दर्शन/पूजा सिंह राशी हुनेहरुले यो वर्ष मंगलवार गणेशजी तथा हनुमनजीको दर्शन एवं आराधना गरे ग्रहपिडा कम हुनेछ । प्रत्येक दिन माछालाई चारो या वानारलाई केरा या खानेकुरा दिनले भाग्यमा वृद्धि हुनेछ । 

कन्या राशि

यो वर्ष समग्रमा कन्या राशीका जातकहरूका लागि राम्रै रहनेछ । रोकिएका अधुरा कार्यले पूर्णता पाउनेछ । मान सम्मान एवं पदोन्नति हुनेछ । वाहन सुख पनि मिल्नेछ । फाल्गुन ४ गते सम्म अढैयाशनिको प्रभावले गर्दा कार्यमा उल्झन आई अन्तिम समयमा काम नबन्ने र नराम्रा विचारपनि मनमा आउनेछ तर वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । व्यापार/व्यवसाय व्यापार दृष्टिले यो वर्ष सुखद् रहनेछ । रोकिएका धन हात पर्नेछ । फेन्सी तथा पहिरनको व्यापार फस्टाउनेछ । सेयर कारोवारको लगानी भने सुझबुझमा भरपर्छ । घरजग्गाको कारोवारमा मन्दि आउनेछ । साउन, मङ्सिर र फाल्गुन राम्रो रहनेछ भने भाद्र र कार्तिक महिनामा लगानी गर्नुपूर्व राम्ररी विचार गर्नुहोला अत: लगानी डुब्ने भय छ । प्रेम/सम्बन्ध ग्रह गोचर हेर्दा तपाईंको प्रेम प्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ अतःप्रेममा सफलता प्राप्तिको योग रहेको छ । प्रेम सम्बन्ध गाढाभई परिणाममुखी बनाउन सकिनेछ । आफन्तहरुको सहयोगले कामहरु अगाडी बढ्नेछन् । शिक्षा शैक्षिकक्षेत्रबाट सोचेअनुसार नै प्रतिफल मिल्नेछ । विज्ञान तथा इञ्जिनियरिङ्ग विषयका विद्यार्थीहरूलाई भने विशेष सफलता मिल्नेछ । भाद्र र माघ महिनामा अधिक सफलता मिल्नेछ । पेसा/रोजगार यो वर्ष जागिर भन्दा व्यापारबाट राम्रो सफलता प्राप्त गर्न सकिनेछ । शेयर बजारको लगानी बढ्नेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो प्रतिफल मिल्नेछ । सामाजिक क्षेत्रमा भने समस्या खेप्नु पर्नेछ । स्वास्थ्य रगत तथा स्वास प्रस्स्वासको समस्या बढ्नेछ । आफ्नो लागी स्वाथ्य उपचारमा धन खर्च बढ्नेछ । बाटो हिड्दा वा यात्रा गर्दा सचेत रहनुहोला । शुभ रङ्ग हरियो, नीलो, रातो र कालो शुभ रङ्ग हो । शुभ अङ्क १,५ र ६ शुभ अङ्क हो । दर्शन/पूजा/उपाय ग्रहपिडा कमगर्न तथा सफलता प्राप्तिकोलागि दुर्गाजी र हनुमनाजीको पूजा/दर्शन एवं आराधना गर्नाले राम्रो हुनेछ । मंगलवार एवं शनिवार दुर्गा पाठ तथा हनुमान चालीसको पाठ गर्ने र प्रत्येक बुधबार गाईलाई घाँस दिनाले भाग्यमा वृद्धि हुनेछ ।

तुला राशि

तुला राशीका जातकहरूका लागि यो वर्ष शुभ/अशुभ मिश्रीत फल मिल्नेछ । महत्वपूर्ण निर्णय लिनु पूर्व अग्रज जनको सल्लाह लिंदा राम्रो हुनेछ । वर्षको पूर्वार्ध भन्दा उत्तरार्ध राम्रो रहनेछ । तुला राशी हुने हरुका लागि फाल्गुन ४ गतेबाट अढैयाशनिको प्रभावले गर्दा कार्यमा उल्झन आई नराम्रा समचार सुन्नमा आउने र देश विदेशको यात्रा हुनेछ । अनावस्यक झमेला आउन सक्छ । व्यापार/व्यवसाय यसवर्ष व्यापार व्यवसायबाट मनग्य फाईदा हुनेछ । शेयर बजार तथा ढुकुटीबाट सफलता मिल्नेछ । धातुको लगानीबाट लाभ मिल्नेछ । बैंकिंग क्षेत्रमा गरिएको लगानी बाटपनि राम्रै प्रतिफल पाईनेछ । वैशाख र श्रवन महिनामा धनमाल हराउने योग पनि भएकाले सजग रहनुहोला । आर्थिक दृष्टिले श्रावण, पुष र चैत्र माहिना शुभ फलदाई रहनेछ । प्रेम/सम्बन्ध प्रेमी जोडीहरूको सम्बन्ध प्रगाढ हुँदै पारिवारिक समर्थनमा विवाह सम्पन्न हुनेछ । कार्त्तिकबाट प्रेमी/प्रेमिकाका घर परिवारबाट केहि अफ्ठ्यारा परिस्थितीहरु सिर्जना हुनेछ । दाजुभाई तथा घर-परिवार बाट टाढिनु पर्नेछ । शिक्षा यो वर्ष शैक्षिक क्षेत्र मध्यम नै रहनेछ । पढ़ाईको सिलसिलामा विदेशको योग छ । व्यावस्थापन विषयका विद्यार्थीहरूलाई विशेष सफलता मिल्नेछ । स्कुल तथा कलेजका परिवर्तनको योगपनि रहेकोछ । भाद्र र माघ महिनामा विद्या र बुद्धिमा ह्रास आउनेछ । पेसा/रोजगार नयाँ कार्यको अनुभव मिल्दैजानेछ । गरेको कार्यबाट वा रोजगारमा श्रमको उचित मूल्यांकन हुनेछ । जागिरमा प्रमोसनको सम्भावना कम भएपनि जागिर भन्दा व्यापार नै राम्रो हुनेछ तर शत्रु पछि पर्नाले सरकारी निकायको भयभने रहि रहनेछ । स्वास्थ्य पुराना रोगहरु बल्झने तथा दीर्घकाल रोग लाग्न सक्नेछ अत: विचार पुर्याउनु होला । कान तथा आँखामा समस्या देखा पर्नेछ । चोट- पटकको भय रहनेछ । पारिवारिक स्वस्थ्मा समस्या देखिनेछ । शुभ रङ्ग सेतो, पहेंलो, खैरो र हल्कानिलो शुभ रङ्ग हो । शुभ अङ्क ४, ५, ६ र ८ शुभ अङ्क हो । दर्शन/पूजा/उपाय मंगलवार र गणेशजी र शुक्रवार तथा लक्ष्मीजीको दर्शन, पूजा एवं उपासना गर्नाले लाभ मिल्नेछ । वृद्ध तथा रोगीलाई सहयोग गर्नाले भाग्यमा वृद्धि हुनेछ । शनिवार पीपलमा जल चढाई कागलाई खानेकुरा दिनले ग्रहपिडा कम हुनेछ ।

वृश्चिक राशि 

२०७६ साल वृश्चिक राशी हुनेहरूको लागि निकै राम्रो रहनेछ । भाद्र र आश्विन महिनामा केहि संघर्षको सामना गर्नु परेपनि अरु समयमा सफलता मिल्नेछ । नयाँ योजनालाई कार्यन्वयनलाई ल्याउन सकिनेछ । इच्छा र आकांक्षा पूर्ण हुनेछन् । वृश्चिक राशी हुने हरुका लागि फाल्गुन ४ गतेसम्म शनिको अन्त्य साढेसाती रहेको कारण जन्म कुण्डलीमा शनि कमजोर रहने जातक हरूलाई गरेको कार्यमा उल्झन तथा काम बिग्रने समस्या हुन सक्ने र चोटपटकको भयपनि रहनेछ । व्यापार/व्यवसाय २०७६ सालमा व्यापार व्यावसायबाट चमत्कारी लाभ मिल्नेछ । सेयर बजारबाट पनि मनग्य आम्दानी गर्नेछन् । धातुजन्य व्यावसायबाट अधिक सफलता मिल्नेछ । आर्थिक दृष्टिले भाद्रा, आश्विन, माघ महिनामा लाभदायक परिणाम प्राप्त हुनेछ तर लगानीको प्रतिफल प्राप्त हुन केही ढिलो सुस्ती हुन सक्ने देखिन्छ । प्रेम/सम्बन्ध प्रणयप्रसङ्गका लागि सफलता पाउनको लागि सुझ बुझमा भर पर्नेछ । विपरीत वर्गप्रती आकर्षण बढ्ने योग छ । टाढा रहेका साथीबाट भरपूर सहयोग मिल्नेछ । नयाँ प्रेम प्रस्ताव समेत आउन सक्नेछ । शिक्षा अध्यन अध्यापनको क्षेत्रमा वृश्चिक राशीका विद्यार्थीहरूलाई यो वर्ष कार्तिक महिनाबाट बढी सफलता मिल्नेछ । राजनैतिक तथा शोध विषयका विद्यार्थीहरूलाई राम्रो सफलता मिल्नेछ । विदेश गएका विद्यार्थीहरूलाई यसपाली सामान्य नै रहनेछ । पेसा/रोजगार राजनिति तथा समाजसेवामा समय दिनेहरुले जनताको गतिलो समर्थन प्राप्त गर्नेछन् । वैदेशिक संस्थामा आवद्ध व्यक्तिहरुलाई प्रमोसनको सम्भावना छ । नयाँ ठाउँमा नयाँ रोजगारको अवसर सिर्जना हुनेछ । स्वास्थ्य स्वास्थ्या रक्त सम्बन्धि समस्या बढ्न सक्नेछ । उदरको समस्या देखिने हुदा खानपानमा विचार गर्नुपर्नेछ । पारिवारिक उपचारमा खर्च बढ्नेछ । घाँटी तथा हात गोडामा सामान्य समस्या देखिनेछ । शुभ रङ्ग सेतो, पहेंलो, गुलाबी र रातो शुभ रङ्ग हो । शुभ अङ्क १, २, ३ र ९ शुभ अङ्क हो । दर्शन/पूजा/उपाय दान-पुण्य गर्नाले मानशिक चिन्ता कम हुनेछ र मनमा शान्ति छाउनेछ । मंगलवार गणेशजी र शनिवार भैरवजीको दर्शन गर्नाले लाभ मिल्नेछ । प्रत्येकदिन प्रात: सूर्यलाई अर्घ्य दिई कुकुरलाई रोटी र परेवालाई चारो दिनाले भाग्यमा वृद्धि हुनेछ ।

धनु राशि

२०७६ साल धनु राशी भएका व्याक्तिहरुलाई वृहस्पतिले शुभ फल दिन खोजेपनि शनिग्रहको कारणले वर्ष भरि शनिको मध्य र अन्त्य साढेसाती रहेको कारण विविध समस्या झेल्नुपर्ने, अन्तिम समयमा आएर काम बिग्रिने, आरोप एवं प्रत्यारोप लाग्ने र शरीरमा आलस्य र मनमा नैरास्यता बढ्नेछ । यदि जन्म कुण्डलीमा शनि ग्रह स्वगृही, उच्च, मित्रगृही छ भने शनिको नकारात्मक फल लाग्दैन अत: शनिले शुभ फल प्रदान गर्नेछ । व्यापार/व्यवसाय व्यापार व्यावसायमा उतार चाडाव आउनेछ । ऋणपनि खप्टीने भय छ । कसैलाई नगदी सापटी दिंदा पैसा फस्ने तथा धनमाल हराउने योग भएकाले अलि बढी सजग रहनुहोला । सेयर बजार सामान्य नै रहनेछ । पहिरन तथा सजावटीमा गरेको लगानीबाट भने सफलता मिल्नेछ । आर्थीक दृष्टिले जेठ, असार र फाल्गुन महिना शुभ रहनेछ । प्रेम/सम्बन्ध प्रेमी जोडीहरूको सम्बन्ध प्रगाढ हुँदै पारिवारिक समर्थनमा विवाह सम्पन्न हुनेछ । आफन्त संग रहेको पुरानो मनमुटाव समाप्त भई नयाँ सम्बन्ध कायम हुनेछ । प्रेमी/प्रेमिकाका बिच सामिप्यता बढ्नेछ । विदेश गएका आफन्तहरूसंगको सम्बन्ध भने बिग्रिन सक्छ । शिक्षा पढाई लेखाईमा सामान्य नै रहनेछ । विज्ञान एवं गणित क्षेत्रका शिक्षार्थीहरूलाई उच्च सफलता मिल्नेछ । अध्ययनको शिलशिलामा विदेशको यात्रा हुनेछ । असार र मंसिर महिनामा विद्या र बुद्धिमा ह्रास आउन सक्छ । पेसा/रोजगार यो वर्ष धनु राशी भएका व्याक्तिहरुलाई नयाँ जागिर वा रोजगार मिल्नेछ । प्रतियोगितामा नामपनि निस्कन सक्नेछ । तर शनि कम्जोर हुनेहरुकलागि भने ताके अनुरुप काम नबन्नाले दिक्क लाग्नेछ साथै सरकारी एवं प्रशासनिक निकायबाट भय रहनेछ । स्वास्थ्य यो वर्ष नसा तथा छातीमा समस्या आउन सक्नेछ । हात गोडामा चोटपटकको भयपनि रहनेछ । प्रजनन शक्तिमा ह्रास आउने सम्भावना प्रवल छ । शुभ रङ्ग पहेंलो, गुलाबी, खैराे, घ्यूरंग र सुन्तलारङ्ग शुभ रङ्ग हो । शुभ अङ्क २, ३, ५, ७ र ९ शुभ अङ्क हो । दर्शन/पूजा/उपाय सोमबार र शुक्रवार क्रमशः शिवजी र दुर्गाजीको दर्शन/पूजा गरे राम्रो हुनेछ । गरिब तथा अपाङ्गहरूलाई सहयोग गर्ने र वर-पीपललाई उचित स्थानमा वृक्षारोपण गर्नले ग्रहपिडा कमभई भाग्य वृद्धि हुनेछ ।

मकर राशि

मकर राशी हुनेहरूकालागि २०७६ साल चुनौतिपूर्ण रहनेछ । धेरै मिहनेत गरेर थोरै मात्र प्रतिफल पfईनेछ । वर्ष भरिनै बृहस्पतिले बुद्धिलाई तीक्ष्णता प्रदान गर्नेछ । बृहस्पतिले नै गर्दा ख्याती कमाउने योग बन्नेछ । शनिको साढेसातीको प्रभावले जन्म कुण्डलिमा शनि उच्च तथा स्वगृह, मित्रगृह तथा ३,६,११औं भावमा भए शुभ फल प्राप्त हुनेछ अन्यथा शनि कमजोर हुने जातकहरुकालागि यो वर्ष आद्य र मध्य साढेसाती रहेको कारण झुटा आरोप लाग्ने, गरेको कार्यमा बिलम्बहुने तथा चोटपटकको भयपनि रहनेछ । व्यापार/व्यवसाय मकर राशी हुनेहरूकालागि व्यापार दृष्टिले यो वर्ष मध्यम नै रहनेछ । धेरै समय देखि रोकिएका धन हात पर्नेछ । वैदेशिक लगानीको अवसर मिल्नेछ । आभूषण तथा कपडाको व्यापार फस्टाउनेछ । सेयर कारोवारको लगानी भने कमजोर रहनेछ । घरजग्गाको कारोवारमा समस्या आउनसक्छ । आर्थिक दृष्टिले साउन, असोज र पुष महिनामा कुनैपनि कारोवारमा लगानी गर्नुपूर्व राम्ररी विचार गर्नुहोला अन्यथा नोक्सानी हुनसक्छ । प्रेम/सम्बन्ध प्रेमी जोडीहरूको सम्बन्ध प्रगाढ हुँदै पारिवारिक समर्थनमा विवाह सम्पन्न हुनेछ । सहकर्मी तथा आफन्तसंग मनमुटाव कम भएर जानेछ । प्रेमी/प्रेमिकाका बिच सामिप्यता बढ्नुका साथै दाम्पत्य सुखमा रमाउने समय रहेकोछ । कार्तिक बाट घरमा आफन्त तथा प्रेमीसंग केही अफ्ठ्यारो परिस्थितीहरु सिर्जना हुनेछ । शिक्षा यो वर्ष विशेषगरी प्राविधिक (technology) तथा विषयका विद्यार्थीहरूले उत्कृष्ट नतिजा पाउनेछन् । शैक्षिकक्षेत्रबाट बैसाख र माघ महिनामा अधिक सफलता मिल्नेछ । वैदेशिक विद्यार्थीहरूले मानोवाञ्छित सफलता पाउनेछन् । पेसा/रोजगार यो वर्ष नयाँठाउँमा लगानी वा नयाँ रोजगारको अवसर मिल्नेछ । सरकारी जागिर खानेहरूका लागि पनि यो बर्ष स्थानान्तरणको योग छ । मुद्दा मामिला तपाईको पक्षमा नहुन सक्छन् । वैदेशिक रोजगारमा रहेकाहरुका लागि भने आर्थिकपक्ष केहि कमजोर रहने देखिन्छ । स्वास्थ्य मुख तथा दाँतमा समस्या आउन सक्छ । खुट्टामा चोटपटकको भय रहनेछ । असार सावनम ज्वरो आउन सक्नेछ । शुभ रङ्ग पहेंलो, हरियो, खैरो र गुलाबी शुभ रङ्ग हो । शुभ अङ्क ३, ५, ६, ७ र ८ शुभ अङ्क हो । दर्शन/पूजा/उपाय दुर्गाजीको दर्शन,पूजा एवं आरधना गरि दुर्गा पाठ गर्ने र शनिवार पीपलमा जल चढाउने, हरेक मंगलवार हनुमानजीको दर्शन गर्नाले ग्रहपीडा कम हुनेछ । भोका व्यक्ति र निमुखा प्राणीलाई सहयोग गर्नाले र सत्य बोल्नाले अधिक सफलता मिल्नेछ । 

कुम्भ राशि

स वर्ष कुम्भ राशी हुनेहरूकालागी आँटेको र ताकेको कार्यले पूर्णता पाउनेछ । शान्त मनले बुद्धिको उपयोग गर्नाले जटिला ठानिएको काम सहज बन्नेछ । वृहस्पतिको प्रभावले गर्दा भौतिक सुख तथा वाहन लाभ हुनेछ । फाल्गुन ४ गतेबाट शनिको आद्य साढेसाती रहेको कारणले गर्दा कार्यमा उल्झन आई नराम्रा समचार सुन्नमा आउने र बिदेशको यात्रा गराउनेछ । अरुग्रह गोचर भने सामान्य रहनेछ । व्यापार/व्यवसाय नयाँ कार्यको थालनी हुनेछ । कृषि तथा चौपयामा गरेको लगानी फस्टाउनेछ । सेयर बजार अन्तर्गत विमाक्षेत्र राम्रो हुनेछ । होटल व्यवसाय गर्नेहरुका लागि यो बर्ष निकै फाइदाजनक हुने देखिन्छ । फाल्गुन ४ गतेबाट व्यापारमा अपेक्षाकृत लाभ नहुने र आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ । आर्थिक दृष्टिले बैशाख, सावान र पुष महिना शुभ रहनेछ । प्रेम/सम्बन्ध प्रेमी/प्रेमिकाका बिच प्रेमका कोपिला फक्रनुका साथै दाम्पत्य सुखमा रमाउने समय रहेकोछ । अधिकांस प्रेमी जोडीहरूको सम्बन्ध प्रगाढ हुँदै पारिवारिक समर्थनमा विवाहपनि सम्पन्न हुनेछन् तर सन्तान पक्षको मायामा भने कमि आउनेछ । शिक्षा पढाई लेखाईमा उल्लेख्य सुधार हुनेछ । विदेशिएका विद्यार्थीहरूलेपनि सफलता हाँसिल गर्नेछन् । प्राविधिक क्षेत्रमा शिक्षार्थीहरूलाईपनि उच्च सफलता मिल्नेछ । विज्ञान विषयभने कमजोर रहनेछ । पेसा/रोजगार नयाँ कार्यको अनुभव मिल्नेछ । पेसा वा रोजगारमा श्रमको उचित मूल्यांकनभई ईनाम र प्रतिष्ठा कमाउन सकिनेछ । तर शत्रु पछि पर्नाले सरकारी निकायको भय रहनुकासाथै अवागालपनि खेप्नु पर्नेछ । संचार क्षेत्रमा आवद्ध व्यक्तिहरुलाई निकै राम्रो हुनेछ । स्वास्थ्य हड्डी तथा रक्तसंचारको समस्या बढ्न सक्नेछ । पारिवारिको स्वस्थय उपचारमा अधिक खर्च हनेछ । वायु रोगको सम्भाब्यता बढ्नेछ अत: खानपानमा विचार पुर्याउनु होला । शुभ रङ्ग निलो, हरियो, पहेंलो र घ्यूरङ्ग शुभ रङ्ग हो । शुभ अङ्क ३, ५, ६, र ८ शुभ अङ्क हो । दर्शन/पूजा/उपाय हनुमानचालिसाको पाठ एवं शिवजीको दर्शन आराधना र पीपलको पूजा गर्नाले ग्रह पीडा कम हुनेछ । शनिलाई खुसि पार्नसके आकस्मिक एवं चमत्कारी सफलता मिल्नेछ । भोकालाई भोजन र असाहय व्यक्तिलाई वस्त्रदान गर्नाले भाग्यमा वृद्धि हुनेछ ।

मीन राशि 

२०७६ साल मीन राशि भएका व्याक्तिहरुका लागि उत्कृष्ट रहनेछ । बृहस्पति र शनि ग्रहको शुभ दृष्टिले शुभ फल मिल्नुका साथै सन्तान सुख मिल्नेछ । भौतिक सुख तथा आफ्नो अनुकूलताको फलपनि पाईनेछ अत:अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ र घरमा मांगलिक कार्यको योग समेत रहेको छ । श्रावण र आश्विन महिनामा भने भाग्यमा ह्रास आउनेछ । व्यापार/व्यवसाय मीन राशि भएका व्याक्तिहरुका लागि व्यापार वा व्यावसायीक दृष्टिले एस वर्ष राम्रै प्रतिफल मिल्नेछ । बैदेशिक लगानीका लागि समय राम्रो छ । घर जग्गाको कारोबारबाट भनेजस्तो आम्दानि गर्न सकिने र विवाद पनि बढ्न सक्छ । सेयर बजारमा भने केहि उतारचढाव हुनेछ । फेन्सी तथा सजावटी क्षेत्रबाटपनि प्रशस्त आम्दानि गर्न सकिनेछ । दृष्टिले असार, भाद्र र पुष महिना लाभ मिल्नेछ भने कार्तिक हानिकारक हुनसक्छ । प्रेम/सम्बन्ध प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ। लामो समयदेखि प्रेम सम्बन्धमा अल्झेकाहरूले वैवाहिक जीवन प्रारम्भ गर्नेछन् । मित्र वा परिवारबाट भरपूर सहयोग मिल्नेछ । टाढिएका मित्रसँग नजिकिने समय छ । शिक्षा शैक्षिक क्षेत्रबाट राम्रो सफलता मिल्नेछ । टेक्निकल क्षेत्रमा उच्च सफलता पाईनेछ । पुराना ब्याक लागेका विषय कट्नेछन् । चिकित्सा क्षेत्रका विद्यार्थीहरूले अधिक सफलता हाँसिल गर्नेछन् । ईन्जीनियरिंग विषय भने कमजोर नै रहनेछ । पेसा/रोजगार यो वर्षमा नयाँ रोजगारको अवसर मिल्नेछ । प्रतिस्पर्धामा उत्तीर्ण भई नयाँ जागिरको अवसर सिर्जना हुनेछ । अध्ययन वा रोजगारकालागि विदेश जानेहरुका लागिपनि राम्रो छ । मेडिकल पेसामा आवद्ध जातकहरूलाई अधिक सफलता मिल्नेछ । तरल तथा इन्धनमा गरेको लगानीबाटभने नोक्सानी बेहोर्नु पर्ला । स्वास्थ्य स्वासप्रस्वास, कान तथा आँखामा समस्या बढ्नेछ । मधुमेह बढ्ने सम्भावना अधिक छ अत: सजक रहनु होला । सवारि साधनको प्रयोग गर्दा वा पैदल यात्रा गर्दा ध्यान दिनुहोला यात्रामा विशेष सावधानी अपनाउनु पर्नेछ । शुभ रङ्ग रातो, पहेंलो, गुलाबी र सुन्तलारङ्ग शुभ रङ्ग हो । शुभ अङ्क १, २, ३, ७ र ९ शुभ अङ्क हो । दर्शन/पूजा/उपाय ग्रहपिडा कमगर्न तथा सफलता प्राप्तिको लागी दैनिक गणेशजी तथा विष्णुभगवानको दर्शन एवं पूजा गर्दा राम्रो हुनेछ । शनिवार महामृत्युञ्जयको जप तथा हनुमान चालीसाको पाठ गर्ने र कुकुरलाई रोटी दिनाले ग्रहपिडा कमभई गरेको कार्यबाट अधिक सफलता मिल्नेछ । निमुखा प्राणीहरूलाई आहार दिने र घरमा केराको वृक्ष लगाउनालेपनि भाग्यमा वृद्धि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्