विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड १४ लाख ६२ हजार



एजेन्सी– विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड १४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३ लाख ३४ हजार २१३ जनामा संक्रमण भएसँगै यो समाचार तयार पार्दासम्म संक्रमित संख्या ४ करोड १४ लाख ६२ हजार ३६ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा २ लाख ६७ हजार ९९३ जना निको भएर घर फर्किएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ करोड ८ लाख ८७ हजार ४१८ पुगेको छ । यस्तै एकै दिन थप ६ हजार ७९७ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख ३५ हजार ६४५ पुगेको छ । सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा ८५ लाख ८१ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७७ लाख नाघेको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५३ लाख पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्