यस्तो छ आजको विनिमय दर…



काठमाडौं– नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर एक सय १७ रुपैयाँ ४४ पैसा र विक्रिदर एक सय १८ रुपैयाँ ०४ पैसा छ ।

त्यसैगरी एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ३१ पैसा र विक्रिदर ३२ रुपैयाँ ४७ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २५ पैसा र विक्रिदर ३२ रुपैयाँ ४२ रुपैयाँ छ ।

युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ९७ पैसा र विक्रिदर ३२ रुपैयाँ १४ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ३५ पैसा र विक्रिदर २८ रुपैयाँ ४९ रहेको छ ।

कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ३६ पैसा र विक्रिदर १० रुपैयाँ ४२ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ८४ रुपैयाँ २६ पैसा छ भने विक्रिदर ३ सय १३ रुपैयाँ ०५ पैसा रहेको छ ।

एक बहराइन दिनार एकको खरिददर ३ सय ११ रुपैयाँ ४६ पैसा र विक्रिदर ३ सय १३ रुपैयाँ ०५ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्