७ महिनादेखि बन्द वीरगन्ज नाका खुल्ला



पर्सा– भारत सरकारले कोरोनाभाइरस महामारी रोकथाम तथा नियनत्रणको लागि बन्द गरेको नेपाल-भारत सीमानाकाहरु खोलेको छ ।

बिहिबार एउटा औपचारी घोषणा गर्दै १० महिनादेखि बन्द रहेको नेपाल-इण्डो बोर्डर भारत सरकारले आफ्नो तर्फको सिमा पुर्ण रुपमा खुल्ला गरेको हो ।

भारतको इमिज्रेसन डिपार्टमेन्ट अनुसार बिहिबारदेखि भारत सरकारले नेपाल-भारत नाका आधिकारिक रुपमा खुल्ला गरेको हो ।

दशैँ, दीपावली, सोहोरहिया र छठ पर्वलाई मध्य नजर गर्दै भारत सरकारले सिमानाकालाई खोल्दै आवागमन सुचारु गरेको हो । तर नेपाल तर्फको सिमा अहिले पनि बन्द रहेका कारण सुरक्षाको लागि सीमामा खटेका सुरक्षाकर्मीहरुको टाउको दुखाइ भएको छ ।

सीमानाका खुलेसँगै नेपालबाट मान्छेहरु भारत तर्फ प्रवेश गर्न थालेपनि भारत तर्फ बाट आउनेलाई सीमामा खटेका सशस्त्र प्रहरीले प्रबेशमा रोक नै लगाएका छन ।

जसले गर्दा नेपाल प्रबेश गर्न नपाएका स्थानिय बलजफ्त प्रबेश गर्न थालेपछी अनावश्यक बिवाद हुदा तनाव नै बढेको डिउटीमा खटेका एक जना सशस्त्र प्रहरीका अधिकारीले बताए ।

भारत सरकारले आफ्नो तर्फको सिमा खोलेपनी नेपाल सरकारले अहिलेपनि नाका बन्द राखेको कारण उताबाट मान्छे भने नेपाल आउन सकेका छैनन् ।

नेपाल तथा सशस्त्र प्रहरीले यात्रुबाहस सवारी साधन समेत नेपाल प्रबेश गर्न दिएको छैन ।

यता पर्साका प्रमुख अधिकारि आशमान तमाङ्गले नेपालको सरकारले कार्तिक २९ गते सम्म सीमा शिलनै रहेको बताए । उनले भने नेपाल सरकारको तर्फबाट आर्को निर्देशन नआएसम्म सिमा सिलनै रहने छ, उताबाट आउनेलाइ कडाइका साथ रोक लगाइन्छ ।

प्रतिक्रिया दिनुहोस्