हरिवंश आचार्य दम्पत्ति कोरोना मुक्त



काठमाडौं– कलाकार हरिवंश आचार्य दम्पत्तिले दुई हप्तापछि कोरोना जितेका छन् । आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू र श्रीमती रमिलालाई संक्रमणमुक्त जानकारी दिएका छन्।

उनीहरूमा गत असोज २० गते संक्रमण पुष्टि भएको र आज संक्रमणमुक्त भएको कलाकार आचार्यले फेसबुकमार्फत जानकारी दिएका छन् ।

“हाम्रो कोरोनाको रिपोर्ट नेगेटिभ आएको छ । हामीलाई धेरै धेरै माया दिनुहुने सब्बैमा धन्यवाद ।”, आचार्यले फेसबुकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्