प्रचण्डले रअका प्रमुखलाई नभेटेको सचिवालयको भनाई



काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय गुप्तचर संस्था रअका प्रमुखलाई नभटेको सचिवालयले जनाएको छ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले आजे प्रेस विज्ञप्ति जारि गरि भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामन्तकुमार गोयलले प्रचण्डसँग भेट गरे भनेर आएको समचार सत्य नभएको जनाएको छ।

‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का बारेमा केही अनलाइन मिडियाहरुमा ‘प्रचण्ड र माधव नेपालसँग रअका प्रमुख गोयलको गोप्य भेट, बिहीबार मात्रै दिल्ली फर्कने’ शीर्षकमा प्रकाशित समाचारप्रति हाम्रो सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तीमा भनिएको छ ।

साथै उनले सम्वेदनशील बिषयमा झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै भ्रममा नपर्न अपील गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्