बर्षको अन्तिम साता तीन अर्ब रुपैयाँको सेयर किनबेच



काठमाडौं: नेपाल स्टक स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यो साता सेयर कारोवार रकम गत साताको तुलनामा बढेको छ । यो साता अर्थात यो बिसं २०७५ सालको अन्तिम साता कुल एक सय ७९ कम्पनीहरुको ३८ हजार सात सय ९७ वटा कारोवार भएकाछन् । जसअनुसार एक करोड चार लाख ९१ हजार तीन सय ७४ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम दुई अर्ब ९९ करोड २९ लाख ६८ हजार पाँच सय ३० रुपैयाँ पुगेको छ । 

 

गत साता भने कुल एक सय ७० कम्पनीहरुको ३३ हजार सात सय ५९ वटा कारोवार भएका थिए । जसअनुसार ७९ लाख आठ हजार एक सय ४० कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम दुई अर्ब आठ करोड ९६ लाख १० हजार पाँच सय ८० रुपैयाँ पुगेको छ । यो साता बजार परिसुचक ११ सय ८४ दसमलव दुई बिन्दुमा पुगेर रोकिएको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई सय ५३ दसमलव ६४ अंकमा पुगेर रोकिएको छ । यो साता नेप्सेको नियिमत कारोवार कक्ष पाँच दिन नै खुल्ला रहेको थियो । सो मध्ये पहिलो, दोस्रो र चौथो दिन नेप्से बढेको थियो भने तेस्रो र पाँचौ दिन नेप्से घटेको थियो ।  

पहिलो दिन बजार परिसुचक १७ दसमलव १६ अंकले बढेर ११ सय ८२ दसमलव ३६ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि चार दसमलव ४१ अंकले बढेर दुई सय ४३ दसमलव ३६ अंकमा पुगेको थियो । दोस्रो दिन भने बजार परिसुचक नौ दसमलव ३२ अंकले माथि चढेर ११ सय ९१ दसमलव ६८ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दसमलव दुई अंकले माथि चढेर दुई सय ५५ अ्रंकमा पुगेको थियो । तेस्रो दिन भने बजार परिसुचक १० दसमलव ५८ अंकले ओरालो लागेर ११ सय ८१ दसमलव १० अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दसमलव १५ अंकले ओरालो लागेर दुई सय ५२ दसमलव ८५ अंकमा झरेको थियो । 

साताको चौथो कारोवार दिन भने बजार परिसुचक तीन दसमलव ५२ अंकले माथि चढेर ११ सय ८४ दसमलव ६१ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ७३ अंकले माथि चढेर दुई सय ५३ दसमलव ५८ अंकमा पुगेको थियो । 

यसैगरी पाँचौ दिन भने सेयर बजार परिसुचक शुन्य दसमलव ५९ अंकले घटेर ११ सय ८४ दसमलव दुई अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स भने शुन्य दसमलव शुन्य छ अंकले माथि चढेर दुई सय ५३ दसमलव ६४ अंकमा पुगेको थियो ।

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा एनएमबी बैंक, कुमारी बैंक, एनआईसी एशिया बैंक आदि परेकाछन । कारोवार भएकोमा सेयर संख्याको आधारमा भने साता एनआईसी एशिया बैंक, एनसीसी बैंक लगायतका कम्पनीहरु अगाडि परेकाछन । यसैगरी बजार पुंजीकरणका आधारमा यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, स्ट्यान्डर्ड चार्टड बैक लगायतका कम्पनीहरु अगाडि परेकाछन ।  

प्रतिक्रिया दिनुहोस्