रअका प्रमुखसँग प्रधानमन्त्रीको भेट !



काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग भेटवार्ता गरेका छन् ।

गोयलले प्रधानमन्त्री ओलीलाई भेट्न बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका हुन् ।

भेटका क्रममा उनले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा धारणा राखेको थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्