कोरोना संक्रमितले खानाका लागि क्यान्टिनमा धरौटी राख्नुपर्ने



पोखरा : गण्डकी प्रदेश सरकारले कोरोनाभाइरसका संक्रमितको उपचार निस्शुल्क गर्ने बताए पनि पोखरामा भने शुल्क लाग्ने भएको छ।

कोरोना विशेष अस्पतालका रूपमा सरकारले वर्गीकरण गरेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले लक्षित वर्गबाहेक अरूको सम्पूर्ण उपचारको शुल्क लाग्ने जनाएको छ।

साथै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्‍चिमाञ्‍चल क्षेत्रीय अस्पतालमा कोभिड-१९ उपचारका लागि आएका बिरामीले खाना खानका लागि क्यान्टिनमा नगद धरौटी राख्‍नुपर्ने भएको छ ।

नेपाल सरकारले तोकेको निर्णयअनुसार भन्दै अस्पतालले कात्तिक ४ गतेबाट यस्तो नियम लागु गरेको निर्देशक डा. अर्जुन आचार्यद्वारा जारी सूचनामा जनाइएको छ ।

प्रदेश सरकारले कोरोनाको उपचार नि:शुल्क भनेपनि संघीय सरकारमातहत रहेको उक्त अस्पतालले संघ सरकारकै निर्णय कार्यान्वयन गरेको जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्