इंग्ल्यान्डको एकदिवसीय र टी-ट्‌वान्टी सिरिजका लागि दक्षिण अफ्रिका भ्रमण पक्का



काठमाडौं : इङ्ल्यान्ड क्रिकेट टालीले एक दिवसीय र टी-ट्‌वान्टी क्रिकेट सिरिजका लागि दक्षिण अफ्रिका भ्रमण पक्का भएको छ ।

इंग्ल्यान्ड सरकारले दक्षिण अफ्रिकी सरकारले एकदिवसीय तथा टी-ट्‌वान्टी सिरिजका लागि दक्षिण अफ्रिका भ्रमणको अनुमति दिएको हो। योसंगै इंग्ल्यान्डको टिमले नोभेम्बर १६ मा दक्षिण अफ्रिका प्रस्थान गर्ने भएका छन् ।

इंग्ल्यान्डले दक्षिण अफ्रिकासँग ३ खेलको एकदिवसीय र ३ खेलकै टी-ट्वान्टी सिरिज खेल्नेछ । इंग्ल्यान्डले नोभेम्बर २७ मा पहिलो टी-ट्वान्टी खेल्नेछ । यस्तै डिसेम्बर ४ मा पहिलो एकदिवसीय खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्