नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय नाघ्यो



काठमाडौं : नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय नाघेको छ। पछिल्लो २४ घण्टामा २१ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय नाघेको हो।

नेपालमा हालसम्म कोरोना संक्रमित मृतकको संख्या ८ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा ३ हजार ६ सय ३७ जना जना भेटिएसँगै संक्रमितको संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्