पूर्वराजा शाहले भने-‘नेपाली जनता टुहुरा बनेको पीडाबोध हुँदैछ’



काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको शुभकामना व्यक्त गरेका छन् । विहीबार शुभकामना सन्देश जारी गर्दै उनले समस्त नेपालीको सुख, सुस्वास्थ्य, शान्ति र समृद्धिको कामना गरेका छन् ।

कोरोना महामारीको यस विषम परिस्थितिका कारण विश्व मानव जगतले असहजता र कठिनाइको समाना गरिरहेको बताउँदै हर्षोल्लासका साथ विजया दशमी मनाउन सकिने अवस्था नरहेको जनाएका छन् ।

उनले संकटको घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताको आधारमा हेर्दा सबै नेपाली जनता अभिभावक विहीन टुहुरा बनेको पीडाबोध यतिबेला भएको जनाएका छन् ।

शाहले प्राकृतिक विपत्ति मानव वशको कुरा नभएको हामी सबैले बुझेका छौं भन्दै विपत्तिसँग भिड्दा नागरिक जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कौशल जिम्मेवार पक्षबाट प्रस्तुत नभएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्