विप्लव समूहका सेक्रेटरी इञ्चार्ज पक्राउ



कञ्चनपुर : विप्लव समूहका कञ्चनपुर कृष्णपुर नगरपालिकाका सेक्रेटरी अन्दाजी ४५ वर्षीय रामप्रसाद भट्टलाई प्रहरीले शनिबार पक्राउ गरेको छ । भट्टलाई कृष्णपुरकै रैकवार क्षेत्रबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।

‘पक्राउ परेका भट्टको साथबाट सङ्गठनको योजना र सङ्गठन विस्तारबारे उल्लेख गरिएको डायरी र पार्टीको सिद्धान्त बारेका किताबसमेत बरामद गरेका छौं’, उनले भने । कृष्णपुरकै क्रसर उद्योगमा केही दिनअघि जेसिभी आगजनीमा संलग्नता भए/नभएको बारे भट्टसँग सोधपुछको कार्यसमेत शुरु भएको प्रहरीले जनाएको छ । भट्टलाई अहिले जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको हिरासतमा राखिएको छ 

प्रतिक्रिया दिनुहोस्