आज अक्टोबर २४ः संयुक्त राष्ट्र संघ दिवस



सन् १९४८ देखि हरेक वर्षको अक्टोबर २४ तारिखमा संयूक्त राष्ट्रसँघ दिवस मनाईन्छ । सन् १९७१ को संयूक्त राष्ट्रसँघको महासभाले यस एतिहासीक दिनमा सम्पूर्ण सदस्य राष्ट्रहरुमा सार्वजनिक विदा दिइनुपर्ने प्रस्तावलाई अनुमोदन गरेको थियो ।

आजका दिनमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेर संसारभरि संयूक्त राष्ट्रसँघको गठन, कार्य र ध्येयका वारेमा जानकारी गराईन्छ ।

हरेक वर्षको २० देखि २६ अक्टोबरसम्म संयूक्त राष्ट्रसँघ सप्ताह मनाईनेमा अक्टोबर २४ लाई विशेष चाख र उत्साहका साथ संयूक्त राष्ट्र सँघ दिवसका रुपमा मनाईन्छ ।

पहिलो र दोश्रो विश्व यूद्धले थिलथिलो भइसकेको विश्व मानचित्र र यूद्धका पिडाहरुमा विश्व शान्ति र सदभाव कायमगर्ने मध्यस्ततागर्नका लागी पुरानो लिग अफ नेशन्सले भुमीका खेलेको थियो ।

दोश्रो विश्व यूद्धको विध्वशं र विनाशले अमेरिका , वेलायत, शोभीयत यूनियनलाई संयूक्त राष्ट्र घोषणापत्रमा हस्ताक्षरगर्न जरुरी वनाएकोमा जर्मन, ईटाली, जापान र अन्य केही यूद्धरत राष्ट्रहरुवाहेक २६ वटा राष्ट्रहरुले सन् १९४२ को जनवरी महिनामा संयूक्त राष्ट्र घोषणापत्रमा हस्ताक्षर गरेका हुन् ।

सन १९४५ मा यसै घोषणापत्रमा थप रुपरेखा तैयार गर्न सान फ्रान्सिस्को अमेरिकामा ५० भन्दा वढी देशका प्रतिनीधीहरुले अक्टोबर २४का दिन भेला भएकामा अक्टोबर २४लाई हरेक वर्ष संयूक्त राष्ट्रसँघ दिवसका रुपमा लिईन्छ । संयूक्त राष्ट्र घोषणापत्रलाई अमेरिका, वेलायत, चीन, फ्रान्स लगायतका देशहरुले पनि पुष्टी र सहमती जनाएका हुन् ।

जब दोश्रो बिश्वयूद्धको समापन भएर बिश्वले शान्तिको खोजी गर्न थाल्यो, जब जापानको हिरोशीमा, नागाशाकी लगायत अमेरिकाको पर्ल हार्बर लाश अनि बारुदको अवशेषसँग लतपतिएको थियो । बिश्व यूद्धले थोकेर मानवता स्वयम हताशमा भएका बेला दिर्घकालिन शान्तिका लागि संयूक्त राष्ट्र संघको स्थापना गरिएको हो ।

यो एउटा अन्र्तराष्ट्रिय सँस्था हो जस्ले सम्पूर्ण सदस्य राष्ट्रहरुविच समन्वय र सहयोग कायम राख्दछ । दोश्रो विश्व यूद्धको समापन अघि यस्ता कार्यहरु लिग अफ नेशनले गर्नेगरेकोमा लिग अफ नेशनलाई प्रतिस्थापित गर्दे अझै भरपर्दो ढङ्गले विश्व समन्वय र शान्ति स्थापनाकालागी अनि पहिला र दोश्रा विश्व यूद्धजस्ता आततायी यूद्धहरु पूनः हुन नदिनका लागी संयूक्त राष्ट्रसँघको स्थापना गरिएको हो ।

संयूक्त राष्ट्रसँघले आफ्ना सदस्य राष्ट्रहरुमा विश्व शान्ति तथा सदभावको वकालत अनि आधारभुत मानव अधिकारको प्रत्याभुती प्रवर्धन गर्ने, सामाजिक र आर्थिक विकासको सहयोग गर्ने अनि संसारभरि कुनै अकाल, प्राकृतीक प्रकोप र हिंसाभएमा शान्तिको पूर्नस्थापना अनि पिडीतहरुलाई सहयोग गर्ने कार्य गर्दछ ।

सन् २०१६ को अक्टोबर महिनाको २१ तारिखमा पूर्व महासचिव वान्की मुनलाई प्रतिस्थापित गर्दै पूर्व पोर्चुगीस राष्ट्रपती एन्टीनोओ गुटेरस लाई सिफारिस गरेको हो । सन् १९९५ देखि २००२ सम्म पोर्चुगलको राष्ट्रपती भएका ६८ बर्षीय एन्टीनोओ अबको थप ४ बर्ष सम्म बिश्वको सबैभन्दा ठूलो कुटनैतिक पदमा आसिन हुनेछन् । यूद्धग्रस्त क्षेत्रका मानिसहरु लगायत शरणार्थीहरु अनि बिपन्न वर्गका मानिसहरु लाई प्रार्थमिक्तामा राख्ने उन्को प्रतिबद्धता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्