यौन उत्पीडनका आरोप लागेका ४८ कर्मचारी गुगलबाट निस्काशित



 

एजेन्सी । गुगल कम्पनीले यौन उत्पीडन गरेको आरोप लागेका १३ जना वरिष्ठ म्यानेजरसहित ४८ जना कर्मचारी सेवाबाट निस्काशित गरेको छ । सन् २०१६ देखि यौन उत्पीडनको आरोप लागेका उनीहरुलाई गुगलले सेवाबाट निस्कासन गरेको हो ।

 

आफ्ना कर्मचारीको नाममा पत्र सार्वजनिक गर्दै दुव्र्यवहारको आरोपमा यो कडा निर्णय गरिएको गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचईले बताएका छन् । यो पत्र न्यूयोर्क टाइम्समा सार्वजनिक भएको एउटा प्रतिवेदनको जवाफमा लेखिएको बताइएको छ । 

 

जसमा एन्ड्रोइड निर्माता एन्डी रुविनमाथि लागेको यौन उत्पीडनको आरोपको बदलामा ९० मिलियन डलरको प्याकेज दिएर बिदाइ गरिएको उल्लेख थियो । तर, रुविनका प्रवक्ताले भने यो आरोपलाई अस्वीकार गरेका थिए । रुविनले सन् २०१४ मै कम्पनी छाडेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्