घरमा सुत्केरी तथा गर्भवती महिना छन् ? के ख्वाउने ?



दशैँमा माहौलमा सबैजना झुमिरहेका छन् । मौसम र चहलपहलले दशैँको रौनकता बढाएको छ । तपाइको घरमा पनि रमाइलो भइरहेको होला । तर यहि रमाइलोको बिचमा तपाइहरुले ख्याल गर्नुपर्ने कुरा छ । अर्थात् घरमा सुत्केरी तथा गर्भवती महिना छिन् भने के गर्ने ? के ख्वाउने ? चिकित्सकसँग कुराकानी गरेर केहि टिप्सहरु प्रस्तुत गरेको छ ।

जब गर्भमा बच्चा रहन्छ, तब गर्भवतीको शारीरिक र मानसिक स्वास्थ्य स्वस्थ्य हुनु जरुरी छ । किनकी गर्भवती महिला स्वस्थ्य नभएमा गर्भको बच्चामा सोझो प्रभाव पार्छ । बच्चाको राम्रो मानसिक र शारीरिक विकासका लागि पनि गर्भावस्थामा ख्याल राख्नु पर्छ ।

उनीहरु सकारात्मक, खुसी, सुखी भए गर्भको बच्चामा त्यसको प्रभाव पर्छ । यद्यपी गर्भवती आफुले मात्र चाहेर सबै कुराको ख्याल राख्न सक्दैनन् । त्यसैले घरको परिवारले पनि गर्भवती महिलाको ख्याल राख्नु जरुरी छ । झन् चाडपर्वमा पाहुनापाछाको व्यवस्थापनमा लाग्दा गर्भवती तथा सुत्केरीले उचित खान पाएका छन् कि छैनन् पनि विचार पुर्याउनुपर्छ ।

गर्भवती महिलाको खानपानमा ध्यान दिर्नुे महत्वपूर्ण कुरा हो । सन्तुलित आहारले गर्भवती महिला र गर्भमा रहेको बच्चालाई राम्रो गर्छ ।

गर्भावस्थामा चाहिने पोषिला खानेकुरा
क्यालोरी : भात, रोटी, घ्यू, तेल, सख्खर, चिनी ।
प्रोटिन : दाल, गेडागुडी, माछा, मासु, अन्डा, दूध ।
फोलेट : दाल, गेडागुडी, कलेजो, सुन्तला, पालुङ्गो, हरिया सागपात । (खानेकुराबाट मात्रै फोलेटको आवश्यकता पूर्ति नहुने भएकाले फोलेट चक्की पनि लिनुपर्छ ।)
आइरन : रातो मासु, गाढा हरिया सागपात, गेडागुडी (खानेकुराबाट मात्र आइरनको आवश्यकता पूर्ति नहुने हुनाले आइरन चक्की पनि लिनुपर्छ ।)

गर्भवती महिलाले खानैपर्ने खानेकुरा
कम फ्याटयुक्त दुग्ध प्रडक्टहरुलाई क्याल्सियमको राम्रो श्रोत मानिन्छ । गर्भवती महिलाले हप्तामा कम्तिमा दुइ पटक पनीर वा चिज खानु राम्रो मानिछ ।

गर्भमा रहेको शिशुको हड्डी, दाँत तथा स्नायुहरुको विकाशमा बदामले मद्धत गर्दछ । यसले गर्भवती आमालाई पनि पर्याप्त प्रोटिनको आपूर्ति गर्दछ ।

गर्भवती महिलाहरुले नियमित रुपमा माछामासु खानुलाई चिकित्सकहरुले आमा तथा बच्चाको रोग प्रतिरोधी क्षमता पनि बढाउने सल्लाह दिँदै आएका छन् । तर माछा सेवन गर्नुभन्दा पहिले गर्भवती महिलाले सुरुमा डाक्टरसँग परामर्श लिनु जरुरी छ ।

तिल पनि क्याल्सियमको राम्रो श्रोत हो । त्यसैले तिलको सेवन पनि गर्भवती महिलाको लागि लाभदायक हुन्छ । पालुंगो तथा ब्रोकाउली जस्ता हरियो सागपातमा प्रशस्त क्याल्सियम पाइन्छ । यसले बच्चाको छाला, हड्डी तथा मस्तिष्कको विकाशमा पनि सहयोग पूराउँछ । त्यसैले दिनमा कम्तिमा एक पटक हरियो सागपात खानु पर्छ ।

गर्भावस्थामा काँचो मासु तथा काँचो अण्डा खानु भने हानिकारक हुनसक्छ । त्यसैले मासु र अण्डा राम्रो सँग पकाएर खानुपर्छ ।

गर्भावस्थामा धुम्रपान र मदिरा पदार्थ सेवन गर्नु हुदैन । अल्कोहलले पनि भर्खर विकास हुदैँ गरेका शिशुको दिमाग लगायतका अंगमा क्षति पु¥याउँछ । यसले गर्दा पछि बच्चा मानसिक रुपमा अपांग भएर जन्मने सम्भावना हुन्छ ।

हिन्दुहरुको महान चाड बडा दशैँ नजिकिएको छ । दशैँका बेलामा घरमा अरु समयको भन्दा भोजनका लागि मीठो परिकार बन्ने गरेका छन् । दशैँमा अन्य समय भन्दा बढी मासु सहित गुलियो र चिल्लो पदार्थको सेवन गर्ने आम प्रवृत्ति पनि चलि आएको छ । तर चिकितसकका अनुसार गर्भवती महिलाले दशैँको बेलमा पनि आफ्नो खानपानको तालिका हेरफेर नगर्न सुझाव दिएका छन् । अरु बेलाको भन्दा दशैँको बेलामा घरमा धेरै भोजनहरु सामानय भएको भएपनि गर्भवती महिलाले भने आफ्नो स्वास्थ्यको बढि ख्याल राख्नु जरुरी हुन्छ ।

सुत्केरी महिलाले खानै पर्ने
सुत्केरीले अवस्थामा स्थानीय खानेकुरालाई बढि जोड दिनुपर्छ । हाम्रो गाउँघरमा पाउने खाद्य समूहहरूबाट कार्बोहाइडे«ड, प्रोटिन, मिनिरल, भिटामिन, फाइबर पाउन सकिन्छ । गाउँघरमा पाउने खाना जस्तैः नफलेको चामल, कोदोको परिकार, फापरको परिकार, मकै जौ, गहुँ, गेडागुडी, माछामासु, सिलाम, तिल, आलस आदि प्रशस्त मात्रामा खानुपर्छ ।

यस्तो बेला पर्याप्त मात्रामा सागसब्जी फाइबरयुक्त खानेकुरा खानामा समावेश गर्नुपर्छ । बदाम, काजु, किसमिस आदि पनि पोषिला खानेकुरा हुन् । दूग्धजन्य परिकार ठिक्क मात्रामा खानुपर्छ । साथै पानी पर्याप्त मात्रामा (दिनको दुईदेखि तीन लिटर) पिउनुपर्छ । दूध खुवाउने आमाको निमित्त पनि प्रशस्त मात्रामा पानी जरुरी हुन्छ ।

गर्भवती महिला र सुत्केरी महिलाहरुलाई दशैँको बेलामा बढि चिल्लो र पिरो भएको खानेकुरा नखान चिकित्सकहरुले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्