अन्तरलिङ्गी जनचेतना दिवस- लैगिंक आधारमा भेदभाव कायमै



काठमाडौं– हरेक वर्ष अक्टोबर २६ तारिखमा अन्तरलिङ्गी जनचेतना दिवस मनाइने गरिन्छ ।

सन् १९९६ मा अमेरिकामा अन्तरलिङ्गी समुदायले गरेको पहिलो सार्वजनिक पर्दशनको संझनास्वरुप यस दिवसलाई मनाउन शुरु गरिएको हो ।

विश्वमा अझै पनि लैगिंक आधारमा भेदभाव गरिने चलन कायम छ, फलस्वरुप अन्तरलिङ्गी समुदायहरुका मान्छेहरुले आफ्नो परिचय अनि समानताको पैरवी गर्ने आजको दिनलाई विश्वभरि निकै गहनताका साथ मनाइने चलन छ ।

संयुक्त राष्ट्र संघको परिभाषा अनुसार पुलिङ्गी वा स्त्रीलिङ्गी शरीरका परम्परागत धारणाहरूमा नअटाउने यौन विशेषताहरू (यौनाङ्ग, प्रजनन ग्रन्थी तथा गुणसुत्रको ढाँचा) भएका व्यक्तिहरूलाई अनतरलिङ्गी व्यक्तिहरू भनिन्छ ।

हाल सम्म ४० भन्दा बढी प्रकारका अन्तरलिङ्गी विविधताहरू पहिचान भएका छन् जसका केही उदाहरणहरू दुबै यौनाङ्ग हुनु, अस्पष्ट यौनाङ्ग हुनु, आन्तरिक प्रजनन अङ्गमा पाठेघर र बाह्य यौनाङ्ग शिश्न हुनु, बाह्य यौनाङ्ग योनी र आन्तरिक अण्डकोष हुनु, लगायतका छन् ।

अन्तरलिङ्गी हुनु एउटा जैविक यौन विशेषता हो । अन्तरलिङ्गी व्यक्तिहरूको लैङ्गिक पहिचान पुरुष, महिला वा त्यस बाहेक अरु पनि हुन सक्छ ।

अन्तरलिङ्गी व्यक्तिहरू विषमयौनिक (स्ट्रेट), समयौनिक (गेरलेजबियन), द्वियौनिक (बाइसेक्सुअल) लगायत विविध यौन अभिमुखिकरणका हुन सक्छन् । अन्तरलिङ्गी यौन विशेषताहरू कुनै प्रकारको विकार, विकृति वा रोग होइन, यो सामान्य र प्राकृतिक जैविक विविधता हो ।

प्रतिक्रिया दिनुहोस्