कोरोना संक्रमित बढदै गएपछि दोलखामा १ हप्ता निषेधाज्ञा



दोलखा- दोलखामा मानिसको चाप बढेसँगै कोरोना संक्रमित बढदै गएपछि कोरोनाको संक्रमण फैलन नदिन जिल्ला प्रशासन कार्यालय दोलखाले एक हप्ताका लागि निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला संकट व्यवस्थापन समितिको बैठकले आजबाट एक हप्ताको लागि सदरमुकाम चरिकोट लगायत जिल्लाका मुख्य बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला भित्रको यातयातका साधनहरु भने आवश्यक सुरक्षा मापदण्ड पुरा गरी विहान ७ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने निर्णय बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्