नेपालमा थप ४४९९ जनामा कोरोना पुष्टि, उपत्यकामा मात्र थपिए २७२० संक्रमित



काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ८६३ जनाको पिसिआर परीक्षण गर्दा देशभर ४ हजार ४९९ जनामा कोरोना पुष्टि भएको हो।

योसँगै कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ जना पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ७२० कोरोना संक्रमित थपिएका छन।

मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ३५७ , ललितपुरमा २३६ र भक्तपुरमा १२७ जनालाई कोरोना संक्रमण देखिएको छ। योसँगै काठमाडौंमा संक्रमितको संख्या ५४ हजार २४५ पुगेको छ भने भक्तपुरमा हालसम्म ५ हजार ४८ संक्रमित र ललितपुरमा संक्रमितको संख्या ७ हजार ५६० पुगेको छ।

संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ६६८ छ। योसँगै हालसम्म १ लाख ५ हजार ४८८ पुगेको छ। आज देशभर ४६ हजार ६९१ जना सक्रिय संक्रमित छन्। आज देशभर १७ जना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ८२९ पुगेको छ।

देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ । मन्त्रालयका अनुसार देशभर ३ सय ५९ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।

जस अनुसार ६९ जना भेन्टिलेटरमा र २९० जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्