प्रदेश सांसद मल्ल अपहरणमा संलग्न विप्लव नेता पक्राउ



कैलाली : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा बझाङका सचिव भरत मल्ललाई जिल्ला प्रहरी कार्यालय बझाङ्गले पक्राउ गरेको छ। शुक्रबार दिउँसो ३ बजे प्रहरीले मल्ललाई पक्राउ गरेको डिएसपी सुर्यबहादुर केसीले बताए।

कैलालीबाट घर जाँदै गरेको भन्ने सूचनाका आधारमा मल्ललाई प्रक्राउ गरेको डिएसपी केसीको भनाइ छ।

गत फागुनमा प्रदेश सासंद देवकी मल्ल अपहरण मुद्धामा संलग्न रहेकोदेखि चन्दा संकलन, ज्यान मार्ने धम्की दिएको आरोपमा मल्ललाई प्रक्राउ गरेको डिएसपी केसीले जानकारी दिए। पक्राउ परेका मल्ललाई जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराई थप अनुसन्धान भइरहेको उनले बताए। 

प्रतिक्रिया दिनुहोस्