प्रधानमन्त्रीको सचिवालयले भन्यो- ‘नक्साबारे वास्तविकता नबुझी अफवाह फैलाउन खोजियो’




काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले दशैंको शुभकामना सन्देशमा प्रयोग भएको नक्सालाई विवाद तान्न खोजिएको बताएका छन्। डिजाइनको सामान्य वास्तविकतासमेत बुझ्न नखोजी नक्साको राजनीति र अफवाह फैलाउन उद्यत सबैलाई तथ्यको आधारमा सत्यको नजिक पुग्न आग्रह गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले शुक्रबार साँझ एक प्रेस नोट जारी गर्दै निशाना छापमा नयाँ नक्सा नै प्रयोग गरिएको दावी गरेका छन् ।

सल्लाहकार थापाले लिम्पियाधुरासहितको नेपालको नक्सा प्रकाशन गर्ने निर्णय, निशान छापमा प्रकाशित नयाँ नक्साको औपचारिक प्रयोगका लागि संसदको सर्वसम्मतिमा संविधान संशोधन नै गरिएको स्मरण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्