आईपीएल : पहिलो खेलमा दिल्ली र कोलकाता भिड्दै



काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (शनिबार) हुने पहिलो खेलमा दिल्ली क्यापिटल्स र कोलकाता नाइट राईडर्सबीच प्रतिस्पर्धा हुने भएको छ।

अबुधाबीमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली र कोलकाताबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ ।

शेख जायद क्रिकेट मैदानमा श्रेयस एयरको कप्तानीमा दिल्ली र इयान मोर्गनको कप्तानीमा कोलकाता मैदान उत्रने छन् ।

अघिल्ला १० खेलमा ७ जितसहित १४ अंक जोडेर दिल्ली दोस्रो स्थानमा रहेको छ भने कोलकाता १० खेलमा १० अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्