आईपीएल : दोस्रो खेलमा पन्जाब र हैदराबाद भिड्दै



काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (शनिबार) हुने दोस्रो खेलमा किङ्स इलाभेन पन्जाब र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुने भएको छ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हुने पन्जाब र हैदराबादबीच खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ । केएल राहुलको कप्तानीमा पन्जाब र डेभिड वार्नरको कप्तानीमा हैदराबाद मैदान उत्रने छन् ।

अघिल्ला १० खेलमा ४ जितसहित ८ अंक जोडेर पन्जाब छैटौं स्थानमा रहेको छ भने हैदराबाद १० खेलमा ८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्