
काठमाडौं : संविधान दिवसको अवसर पारेर सरकारले गत असोज ३ गते घोषणा गरेको मानपदवी र विभुषण २०७५ बैशाख १ गते आइतबार प्रदान गर्दैछ । नयाँ वर्षको अवसरमा विभिन्न क्षेत्रका ३४२ जनालई मानपदवी र विभूषणले सम्मान गर्न लागिएको हो ।
आइतबार राष्ट्रपति कार्यालयमा एक समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले यी मानपदवी प्रदान गर्ने कार्यक्रम रहेको गृह मन्त्रालयले जनाएको छ ।
सरकारले कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठलाई मरणोपरान्त नेपाल रत्न प्रदान गर्दैछ । राष्ट्रकवि माधवप्रसाद घिमिरे, संस्कृतिविद् सत्यमोहन जोशीलाई महाउज्नवल राष्ट्रदीप (प्रथम श्रेणी) प्रदान गरिदैछ । यस्तै, राजनीतिज्ञ गजेन्द्रनारायण सिंह र संगीतकार अम्बर गुरुङ्गलाई यही पदक मरणोपरान्त प्रदान गरिदैछ ।
गृह मन्त्रालयले यसअघि नै सूचना जारी गरेर नेपाल रत्न, महाउज्ज्वल राष्ट्रदीप, सुप्रसिद्ध प्रवल जनसेवाश्री, उज्ज्वल कीर्तिमय राष्ट्रदीप, सुकीर्तिमय राष्ट्रदीप, सुप्रवल जनसेवा श्री, प्रवल जनसेवा श्री र जनसेवा श्री लगायत विभूषण तथा मान सम्मान पाउनेहरुको नामावली सार्वजनिक गरिसकेको छ।
यी हुन् मानपदवी र विभुषित हुनेहरुको नामावाली :