देशभर २२२५ जनामा कोरोना पुष्टि, उपत्यकामा मात्र थपिए १११० संक्रमित



काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २ हजार २२५ जना संक्रमित भएका छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा १३ हजार ८ सय ४६ जनाको पिसिआर परीक्षण गरिएकोमा देशभर २ हजार २२५ जना संक्रमित भएका हुन्। योसँगै संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८२३, ललितपुरमा १७६ र भक्तपुरमा १०२ जनालाई कोरोना संक्रमण देखिएको छ। संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ८४६ छ। योसँगै हालसम्म १ लाख ८ हजार ३३४ पुगेको छ।

आज देशभर ४६ हजार ५७ जना सक्रिय संक्रमित छन्। आज देशभर १३ जना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ८ सय ४२ पुगेको मन्त्रालयले जनाएको छ। 

हाल क्वारेन्टाइनमा ३ हजार ३ सय २२ जना रहेका छन्।

प्रतिक्रिया दिनुहोस्