चौरसिया हत्यारालाई प्रधानमन्त्री ओलीले नै संरक्षण गरिरहेका छन् – नेकपा नेता मातृका यादव



पर्सा : मुकेश चौरसिया हत्यामा संलग्न दोषीलाई प्रहरीले कारबाही नगरेको भन्दै नेकपा पर्साले आज पनि जिल्ला प्रहरी कार्यालय पर्सा अगाडी धर्ना प्रदर्शन गरेका छन् । प्रहरीले घटनामा संलग्न रहेको व्यक्तिमाथि लिखित उजुरी दिँदा पनि प्रहरीले उजुरी दर्ता नगरेको भन्दै उनीहरूले प्रहरी कार्यालयको मुख्य गेटमै धर्ना प्रदर्शन गरेका हुन् ।

प्रहरी कार्यालय अगाडी लालबंगलामा भेला भएका उनीहरू प्रहरी प्रशासन विरुद्ध चर्को नारा बाजी गर्दै दोषीलाई कारबाही गर्नुपर्ने, मृतकलाई सहिद घोषणा गर्नुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने लगायतको माग राख्दै प्रहरी कार्यालय घेराउ गरेका हुन ।

धर्ना प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका स्थायी कमिटी सदस्य एवं पूर्व उद्योग मन्त्री मातृका प्रसाद यादवले चौरसिया हत्यामा संलग्न व्यक्तिलाई प्रधानमन्त्री केपी ओली शर्माले नै संरक्षण गरिरहेको आरोप लगाए । 

उनले भने, न्यायको लागि हामी आन्दोलन गर्छौ र यसबाट उत्पन्न अपस्थितिको जिम्मेवारी स्थानीय प्रशासन, गृह मन्त्री र प्रधानमन्त्री ओलीले नै लिने छन् । प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै प्रतिनिधि सभा सदस्य समेत रहेको नेता यादवले भने, घमन्ड गर्नु भएनन्, तानासाह त मुलुकमा टिक्न सकेनन् ।

देशमा भ्रष्ट्राचार गर्नको लागि आन्दोलन भएको होइन अहिले कोरोना महामारी अवस्थामा जनताको उपचार नगर्ने भन्ने रु देश जनताको हो उनको होइन । जनताको पैसा खाएर मौज गर्ने अनि जनताको उपचार नगर्ने रु उनले भने, कम्युनिस्ट पार्टीको घोषणा पत्र र संविधानमा समेत उल्लेख गरिएको जनताको उपचार गर्नुपर्छ । 

प्रधानमन्त्रीको नेता पुष्पकमल दहाल, माधव नेपाल र झलनाथ खनाल लगायतका नेताहरू सार्वजनिक रूपमा विरोध नगरेपछि मन बढ्दै गएको र आफूलाई दुनियाँको सबभन्दा ठुलो मान्छे नै बन्न खोजेको भन्दै आक्रोश समेत उनले पोखे । सरकार कम्युनिस्ट पार्टीको एक जनाले तानासाही चलाउने ?

 
न्यायको पक्षमा हामी खडा छौँ, न्याय कहिले मर्दैन गडबड गर्ने मर्छन् चौरसियालाई न्याय नपाएसम्म आन्दोलन यथावत् नै रहने छ । भोज जनताको राज नेता को रु प्रधानमन्त्री ओलीलाई भेलेनको संज्ञा दिँदै नेता यादवले भने, भेलेन बढी दिन टिक्दैन, रियल हिजो जनता नै रहेकोले भेलेनको तह जनताले नै लगाउने छ ।

विरोध प्रदर्शनमा नेकपाका प्रदेश २ का सह ईन्चार्ज नागेन्द्र चौधरीले चौरसिया हत्याको घटना पार्टीको आन्तरिक मामला नभएको स्पष्ट पारेका हुन । आन्तरिक मामिला भने, मुद्दालाई कमजोर गर्ने काम भइरहेको छ । सुरक्षा निकायले निष्पक्ष रूपमा छानबिन गर्नुपर्छ  । 

बिहीबार पर्साको विन्दवासिनी गाउँपालिकामा नेकपा गाउँकमिटिको शपथ ग्रहण कार्यक्रमको प्रत्यक्षदर्शी समेत रहेको नेता चौधरीले भने, दुई पार्टीकै संलग्नतामा शपथ ग्रहण कार्यक्रमको आयोजना गरिएको थियो, यसमा बाहिरको मान्छे प्रवेश गरेर निर्घातकुटपिट गरी हत्या गरेको हो । 
न्याय र अन्याय बिच, हत्या र हत्यारा बिचको कुरा हो, न्यायको पक्षमा कलम चलाउन आग्रह गर्दै नेता चौधरीले भने, घटनामा कुनै प्रकारको शङ्का उपशङ्का छ भने, घटना स्थलमा पुगेर सत्य तथ्य समाचार सम्प्रेषण गर्न आग्रह गर्दै समाचारलाई अविष्वनिय नबनाउन आग्रह गरे ।

प्रमाण हुँदा हुँदै पनि पर्सा प्रहरी प्रमुख गङ्गा पन्तले पीडित परिवारलाई न्याय नदिएको आरोप नेकपाका पर्सा जिल्ला ईन्चार्ज रामचन्द्र साहले लगाए । घटना भएको दिन नै संविधान सभा सदस्य राजकुमार गुप्ताको वीरगन्ज स्थित घरमा आरोपित मध्ये तीन जनालाई पक्राउ गरेको प्रहरी सँग यथेष्ट प्रमाण हुँदा हुँदै पनि अपराधीलाई प्रहरी प्रमुखले कारबाही नगरेको उनले बताए ।

 
आरोपित माथि मुद्दा दर्ता नभएसम्म र पीडित परिवारले न्याय नपाएसम्म पर्सा जिल्लाको शान्ति सुव्यवस्था कायम हुन नसक्ने बताउँदै नेता साहले भने, मृतक चौरसियाको शव नउठाउने र पर्सामा आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी समेत दिए । 

विरोध कार्यक्रममा नेकपा नेता एवं प्रदेश सांसद भरत प्रसाद साह, बाराका ईन्चार्ज गोपाल ठाकुर, नेकपा वीरगन्ज ईन्चार्ज दिनेश राई, नेता छोटे लाल यादव लगायतको वक्ताहरूले पर्सा प्रहरी प्रमुख माथि आक्रोश व्यक्त गर्दै पीडित परिवारलाई न्याय दिलाउन प्रदेश २ मा नभई देशभरि नै आन्दोलन चर्काउने चेतावनी समेत दिएका थिए ।


नेकपा पर्सा विन्दवासिनी गाउँपालिका कमिटीको बिहीबार आयोजित शपथ ग्रहण कार्यक्रममा हिंसक झडपमा ज्यान नेकपा गाउँ कमिटी सचिव मुकेश चौरसियाले ज्यान गुमाएका थिए । शपथ ग्रहण कार्यक्रम चलिरहेको बेला बाहिरबाट आएका एक समूहले विवाद गर्दै कुटपिट गरेका थिए । 

कुटपिटमा गम्भीर घाइते भएका चौरसियाको उपचारको क्रममा शुक्रवार बिहान वीरगन्ज स्थित न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल मृतको शव नारायणी अस्पतालमा राखिएको छ ।

घटनाका मुख्य योजनाकारको आरोप लागेका राजकुमार गुप्ता सहितका व्यक्तिमाथि ज्यान मार्ने मुद्दा दर्ता गरी आवश्यक छानबिनको प्रक्रिया अगाडी बढाउनु पर्ने माग गर्दै नेकपा पर्सा आन्दोलित भएको हो ।

घटनामा प्रहरीले हनिफ मियाँ गद्दी, सोकदिन मियाँ गद्दी र देवा सहनीलाई पक्राउ गरिसकेको छ । हिंसक झडपमा सामान्य घाइते भई नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार्थ र चौरसिया हत्यामा संलग्नको आरोप लागेका उत्तम तिवारी र चिन्टु तिवारी अस्पतालबाट नै फरार रहेका छन् ।

No description available.
प्रतिक्रिया दिनुहोस्