आईपीएल : कोलकताले दिल्लीलाई दियो १ सय ९५ रनको लक्ष्य



काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले दिल्ली क्यापिटल्स र कोलकता नाइट राइडर्सबीच खेल भइरहेको छ।

अबुधाबीस्थित शेख जायेद स्टेडियममा जारी खेलमा दिल्ली क्यापिटल्सलाई कोलकता नाइट राइडर्सले १ सय ९५ रनको लक्ष्य दिएको छ। खेलमा टस हारेर ब्याटिङमा उत्रिएको कोलकताले ६ विकेटको क्षतिमा १९४ रन बनाएको हो।

दिल्ली केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।

प्रतिक्रिया दिनुहोस्