पाँच वर्षपछि अलैंची निर्यात



काँकडभिट्टा : पूर्वी नाकाबाट अलैंची निर्यात ५ वर्षपछि पुन: सुरु भएको छ । विगतमा भरतीय प्लान्ट झन्झटेलो प्रक्रियाले निर्यात अवरुद्ध थियो ।

 

मेची भन्सार कार्यालयका अनुसार दुई महिनायता करिब ८ करोड मूल्यको १ लाख ५ सय किलो अलैंची निर्यात भएकाे छ । अलैंची व्यवसायी महासंस्थाका आध्यक्ष निर्मल भट्टराईले निर्यात सुरु भएपछि व्यापार थप सहज भएको बताए ।

 

विगतमा भारतको पानीट्यांकीस्थित प्लान्ट क्वारेन्टाइन कार्यालयले अलैचीबाहेक सबै गाडीको नमुना जाँचका लागि कोलकाता पठाउँथ्याे जसका कारण कम्तीमा एक साता कुर्नुपर्ने थियो । अब एक पटककाे नमुना जाँचकाे रिपाेर्टलाई अाधार मानेर सामान आयात गर्न क्वान्टाइन मन्जुर भएको छ ।

 

भटराई भन्छन् जसले अलैंचीको निर्यात सहज बनायो । येसअघि विराटनगरको जोगबनी नाकाबाट मात्र नेपाली अलैंची निर्यात हुँदै आएको थियो । भट्टराईका अनुसार जोगबनीबाट सिलगडी पुर्याउन सकिन्छ ।

 

ढुवानी भाडासमेत कम लाग्ने भएको छ । वर्ष दिनअघि अलैंचीको भाउ प्रतिमन (४० किलो ) लाख रुपयाँ नाघेको थियो । तर अहिले येसको भाउ निरन्तर गिर्दो छ। अहिले यसको भाउ प्रतिमन ३० हजार मात्र छ। अाजकाे कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस्