पछिल्लो २४ घण्टामा ५७० कोरोना संक्रमित थपिँदा, ३१६८ निको भएर घर फर्के



काठमाडौं– पछिल्लो २४ घण्टामा ५ सय ७० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ । ४० हजार ६ सय ८१ एक्टिभ केस रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै विगत २४ घण्टामा ३ हजार १ सय ६८ जना कोरोनाबाट निको भइ घर फर्किएको मन्त्रालयले जनाएको छ । यीसहित हालसम्म १ लाख १८ हजार ८ सय ४३ जना कोरोनाबाट निको भएका छन् । देशभरका ४० हजार ६ सय ८१ आइसोलेसनमा रहेका छन् । आजसम्म देशभर २ हजार ९ सय ३२ जना क्वारेन्टिनमा रहेका छन् ।

आजसम्म १४ लाख ६ सय ९४ जनाको पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कारोना भाइरसको संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । इोसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेकने संख्या ८ सय ७६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्