आजको विनिमय दर: कति छ अमेरिकी डलर ?



काठमाडौं– नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर एक सय १७ रुपैयाँ ६४ पैसा र विक्रिदर एक सय १८ रुपैयाँ २४ पैसा छ ।

त्यसैगरी एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ३७ पैसा र विक्रिदर ३१ रुपैयाँ ५३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३१ पैसा र विक्रिदर ३२ रुपैयाँ ४७ रुपैयाँ छ ।

युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ०३ पैसा र विक्रिदर ३२ रुपैयाँ १९ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २४ पैसा र विक्रिदर २८ रुपैयाँ ३८ रहेको छ ।

कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ४४ पैसा र विक्रिदर १० रुपैयाँ ४९ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ८४ रुपैयाँ ८५ पैसा छ भने विक्रिदर ३ सय १३ रुपैयाँ ६१ पैसा रहेको छ ।

एक बहराइन दिनार एकको खरिददर ३ सय १२ रुपैयाँ ०२ पैसा र विक्रिदर ३ सय १३ रुपैयाँ ६१ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्