बिहार विधानसभा चुनाव: ७.१७ प्रतिशतले गरे मतदान



बिहार– बिहार विधानसभाका लागि पहिलो चरणको लागि मतदान भइरहेको छ । बिहान ९ बजेसम्म ७.१७ प्रतिशत मतदान भएको बताइएको छ ।

पहिलो चरणमा १६ जिल्लाका ७१ विधानसभा सीटका लागि बुधबार बिहानैबाट मतदान भइरहेको छ । बिहानदेखि नै मतदान केन्द्रमा मतदाताहरूको लामो लाइन लागेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

पहिलो चरणमा २.१४ करोड भन्दा बढी मतदाताले १०६६ उम्मेद्वारको भाग्य निर्णय गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्