
काठमाडौं : बालाजुको लोलाङ हाइटमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
ना ६ ख ७८३६ नम्बरको ट्रकको ठक्करबाट एक जनाको घटनास्थमै मृत्यु भएको हो। घाइतेको ग्रिनसिटी अस्पताल र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। घाइते हुनेहरुमा ७० वर्षीया महिला र ५ वर्षका बालक रहेको प्रहरीले बताएको छ।
ट्रक चालक भने फरार छन्।