बुधबार १९५४ कोरोना संक्रमित थपिए, २९८१ निको भए



काठमाडौं– पछिल्लो २४ घण्टामा १ हजार ९ सय ५४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६२ हजार ३ सय ५४ पुगेको छ ।

त्यस्तै विगत २४ घण्टामा २ हजार ९ सय ८१ जना कोरोनाबाट निको भइ घर फर्किएको मन्त्रालयले जनाएको छ । यीसहित हालसम्म १ लाख २१ हजार ८ सय २४ जना कोरोनाबाट निको भएका छन् । आइसोलेसनमा रहनेको संख्या ३९ हजार ६ सय ४३ जना रहेको छ । त्यसैगरी हालसम्म क्वारेन्टाइनमा २ हजार ८ सय ८९ जना रहेका छन् ।

आजसम्म १४ लाख ९ हजार २ सय ९५ जनाको पीसीआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ८७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्