काठमाडौं उपत्यकामा ८४३ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६१६, भक्तपुरमा २९ र ललितपुरमा ११८ गरी जम्मा ८४३ जना संक्रमित थपिएका छन् ।

मंगलबार काठमाडौंमा २२५, भक्तपुरमा ४ र ललितपुरमा २३ गरी जम्मा २५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा १ हजार ९ सय ५४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६२ हजार ३ सय ५४ पुगेको छ ।

त्यस्तै विगत २४ घण्टामा २ हजार ९ सय ८१ जना कोरोनाबाट निको भइ घर फर्किएको मन्त्रालयले जनाएको छ । 

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ८७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्