कांग्रेसकी नेतृ आरजु भन्छिन् : कम्युनिस्टले सामाजिक सद्भाव बिगारे 



कैलाली : नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले कम्युनिस्टहरूले सामाजिक सद्भाव बिगारेको आरोप लगाएकी छन्। धनगढी उप–महानगरपालिका ६ मा आयोजित कार्यक्रममा बोल्दै  नेतृ राणाले जातियता र क्षेत्रीयताका कुरा गर्ने, जुन ठाउँमा गयो त्यही राज्य दिने कामले गर्दा समाज तहस नहस भएको बताइन।

टिकापुर घटना त्यसैको उपज भएको नेतृ देउवाको आरोप थियो। छिकेकीलाई छिमेकीविरुद्ध उचाल्ने काम पनि कम्युनिस्टबाट नै भएको उनले आरोप लगाइन्। नेकपा सरकार जनतामुखी भन्दा पनि कार्यकर्तामुखी भएको आरोप समेत नेतृ देउवाको थियो। दुई तिहाइको सरकार र जनताको सम्बन्ध टुट्दै गएको भन्दै राणाले भनिन्, ‘सरकारले जनतालाई धोका दिने काम मात्रै गरिरहेको छ।’

कार्यक्रममासुदूरपश्चिम प्रदेश सदस्य डिल्लीराज पन्तले नेकपाको सरकारले कांग्रेसले जितेका निर्वाचन क्षेत्रमा बजेट नहालेको आरोप लगाए। सुदूरपश्चिम सरकारले कुनै शिर्षक बिनानै डल्लो बजेट राखेर कार्यकर्तामुखी योजना बनाउँन लागेको आरोप पन्तको थियो।

धनगढी उपमहानगरपाललिकाका मेयर नृपबहादुर बडले नगर क्षेत्रको विकास गर्न सदैब लागि परेको बताए। उनले धनगढी उप महानगरपालिकाप्रति प्रदेश सरकारले सौतेनी व्यवहार गरेको भन्दै दुखेसो गरे। 

प्रतिक्रिया दिनुहोस्