बसले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु, एक घाइते



धादिङ : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ बिहानी पेट्रोल पम्प नजिकै बसले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ। चितवनबाट काठमाडौँतर्फ जाँदै गरेको ना६ख ७४६५ नम्बरको बसले विपरित दिशातर्फ जाँदै गरेको बा७४प ६७६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक गोरखा भीमसेन गाउँपालिका वडा नम्बर १ का २० वर्षीय अनिष बानियाँको मृत्यु भएको छ। टाउकोमा गम्भीर चोट लागी घाइते भएका उनको प्राथमिक स्वास्थ केन्द्र गजुरीमा सामान्य उपचार पश्चात थप उपचारका लागि काठमाडौँ लगिएको थियो।  उपचारका क्रममा अस्पतालमा नै मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकल पछाडि बसेका गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ६ का २५ वर्षीय शिव पुडासैनी घाइते भएका छन्। उनको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्