सरकारले असार मसान्तभित्र गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण सकिने



काठमाडौं : सरकारले आगामी असार मसान्तभित्र गरिब घरपरिवार पहिचान गरि परिचयपत्र वितरण गरिसक्ने बताएको छ ।

अर्थ मन्त्रालय र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले असार मसान्तभित्रमा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरणको काम सक्ने निर्णय गरेको हो ।

असार मसान्तभित्र गरिब घरपरिवार पहिचान तथा परिचय पत्र वितरणको काम सक्नेगरी आवश्यक व्यवस्था भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मिलाउने भएको छ ।

त्यसका लागि आवश्यक पर्ने स्रोतको व्यवस्थापन भने अर्थ मन्त्रालयले गर्ने छ ।

साथै गरिब घरपरिवार पहिचान तथा परिचय पत्र वितरणको काम सम्पन्न गर्ने कार्ययोजनासहितको तालिका एक साताभित्र तयार गर्ने भूमिव्यवस्था मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री विष्णु पौडेलका अनुसार गरिब तथा विपन्न वर्गको तथ्याङ्क नहुँदा राज्यका तर्फबाट राहत तथा सहुलियतका कार्यक्रम सञ्चालन गर्न समस्या भएको र वितरण कार्य पनि उपलब्धिपूर्ण एवं प्रभावकारी हुन नसकेको हो ।

उनले गरिब घरपरिवार परिचय पत्रले लक्षित एवं विपन्न वर्गलाई राहत, सहुलियत, रोजगारी, सामाजिक सुरक्षा लगायतमा विशेष सहयोग पुर्याउने बताए ।

गरिब तथा विपन्न वर्गलाई लक्षित गरी विभिन्न निकायबाट सञ्चालित कृषि कर्जा, सहुलियतपूर्ण व्याज, कृषिका लागि अनुदान, स्वास्थ्य उपचार, शिक्षामा सहुलियत लगायतका कार्यक्रमको प्रभावकारिता बढ्ने उनले बताए ।

प्रकाशित : कात्तिक १३, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : पछिल्लो २४ घण्टामा २८३ जना कोरोना संक्रमित थपिएका छन् भने ३ जनाको मृत्यु

कैलाली : सरकारले देशभर कोरोनाभाइरस विरुद्धको खोप अभियान शुरु गरेसँगै सुदूरपश्चिम प्रदेशमा पनि आज खोपको

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराईसक्ने बताएका

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरूद्धको अभियानमा अग्रपङ्क्तिमा रही सेवा प्रदान गर्ने चिकित्सक, नर्स,

काठमाडौं : सर्वाेच्च अदालतका चार पूर्व प्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमै अदालतको अवहेलना मुद्दा दर्ता भएको छ।

काठमाडौं : नेकपाका उपाध्यक्ष बामदेव गौतमले आज (बुधबार) पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्दै छन्

काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा बहस जारी छ । आज रिट

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले आज मंगलबार भारतको ७२ औं गणतन्त्र दिवस मनाएको छ । सो

काठमाडौं : पछिल्लो २४ घण्टामा ३०३ जना कोरोना संक्रमित थपिएका छन् भने ६ जनाको मृत्यु

काठमाडौं : ६९ औं विश्व भन्सार दिवस भव्यतका साथ मनाइएको छ । भन्सार विभाग, निजी

काठमाडौं : राष्ट्रपति विद्या भण्डारीसँग नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले मंगलवार भेटघाट गरेका छन्

काठमाडौं : कोभिड –१९ को विरुद्धको ‘कोभिशिल्ड’ खोप काठमाडौँ उपत्यकामा १७ खोपकेन्द्रबाट दिइने भएको छ