रवि लामिछाने र निकिता पौडेललाई कोरोना संक्रमण पुष्टि



काठमाडौं : सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सञ्चारकर्मी लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन् ।

गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि बुधबार पीसीआर टेष्ट गर्दा आफूहरुमा कोरोना संक्रमण देखिएको लामिछानेले उल्लेख गरेका छन् ।

‘गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि हिजो पीसीआर टेष्ट गर्दा, म र निकिता दुवैमा कोरोना पोजेटिभ देखिएको छ,’ उनले फेसबुकमा लेखेका छन्–‘हामी दुवैको स्वास्थ्य सामान्य छ । केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ ।

‘घरमा हामी दुई मात्र छौं त्यसैले धेरै समस्या छैन तर घरमा वृद्धअवस्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं,’ उनले भनेका छन् ।

प्रकाशित : कात्तिक १३, २०७७

प्रतिक्रिया दिनुहोस्