स्वर्गिय ओम पुरीलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड



काठमाडौं : बलिउडका दिग्गज अभिनेता ओम पुरीलाई लाइफ टाइम अचिभमेन्ट पुरस्कारबाट सम्मानित गरिएको छ ।

अमेरिकाको बोस्टनमा हुँदै आएको इण्डिया इन्टरनेशनल फिल्म फेस्टिभल २०२० को विभिन्न विधाको पुरस्कार घोषणा गरिएको छ ।

यसपालि फिल्म फेस्टिभल भर्चुअल रुपमा आयोजना गरियो । फेस्टिभलमा १५ भाषाका ११० भन्दा बढी फिल्म प्रदर्शन गरियो । जसमा स्वर्गिय अभिनेता ओम पुरीलाई लाइफ टाइम अचिभमेन्ट पुरस्कारबाट सम्मानित गरिएको हो ।

लाइफ टाइम अचिभमेन्ट अवार्डको पुरस्कार ओम पुरीकी पत्नी नन्दिता पुरीलाई हस्तान्तरण गरिनेछ । ओमको २०१७ सालमा निधन भएको थियो । निधनपछि उनका ९ फिल्म प्रदर्शनमा आएका थिए ।

प्रकाशित : कात्तिक १३, २०७७

प्रतिक्रिया दिनुहोस्